अर्थ

बाढी-पहिरोले इलाममा मात्रै १६ वटा जलविद्युत आयोजनाको उत्पादन बन्द

काठमाडौं। बाढीपहिरोले इलामका मात्रै १६ वटा जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले इलाममा मात्रै १६ वटा जलविद्युत आयोजनामा क्षति भएर उत्पादन बन्द भएको जानकारी दिनुभयो।

मंगलवार आयोजित पत्रकार सम्मेलनमा उहाँले यसपटक सबैभन्दा बढी पानी इलाममा परेको बताउनु भयो । उहाँकाअनुसार रामेछाप र पाचथरमा एकएक वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ । केही निमार्णाधिन विद्युत आयोजनामा पनि क्षति पुगेको उहाँले बताउनु भयो । उहाँकाअनुसार केही तटबन्द, सिंचाईका आयोजना, मेची राजमार्गका पुलहरुमा पनि क्षति पुगेको छ । क्षतिग्रस्त विपी हाईवे एक हप्ताभित्र सञ्चालनमा ल्याउनेगरी काम गरिरहेको पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘केही जलविद्युत आयोजनाहरुमा पनि असर परेको छ । निजी क्षेत्रका आयोजनाहरु र निमार्णाधिन आयोजनाहरुमा क्षति भएको छ । ईलाममा बढी पानी परेको कारण इलाममा मात्रै १६ वटा जलविद्युत आयोजनामा क्षति भएर उत्पादन बन्द भएको छ । त्यसैगरि रामेछापमा एउटा र पाँचथरमा एउटामा क्षति भएको छ । केही निर्माणाधिन आयोजनाहरुमा पनि क्षति भएको छ । केही तटबन्दहरुमा पनि क्षति भएको छ । यीनीहरुको विस्तृत जानकारी आउन अलि समय लाग्छ । अहिलेसम्म आएको क्षति यति हो । केही सिंचाई आयोजनाहरुमा पनि क्षति पुगेको छ । बाढी र डुबानबाट अन्य संरचनाहरुमा पनि क्षति भएको छ ।’

बाढी पहिरोका कारण भएको क्षतिको विस्तृत विवरण आउन केही समय लाग्ने उहाँले बताउनु भयो ।

सम्बन्धित समाचार

आवश्यक परे पानीजहाज नै भाडामा लिएर भएपनि नागरिकको उद्धार गर्न सरकार सक्षम रहेको स्पष्टोक्ति

आवश्यक परे पानीजहाज नै भाडामा लिएर भएपनि नागरिकको उद्धार गर्न सरकार सक्षम रहेको स्पष्टोक्ति

काठमाडौँ। पश्चिम एशियामा पछिल्लो समय उत्पन्न सुरक्षा चुनौती र त्यहाँ रहेका नेपाली नागरिकको अवस्थालाई लिएर नेपाल सरकार र परराष्ट्र...

सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी

सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी

काठमाडौँ। मध्यपूर्वमा बढ्दो तनावकाबीच ५ हजार नेपाली नागरिकले आफू असुरक्षित रहेको जानकारी सरकारी संयन्त्रमा टिपाएको परराष्ट्र मन्त्रालयले जनाएको छ...

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न आग्रह गरेको छ ।...

नयाँ मन्त्रीलाई सरकारी आवास समस्या

नयाँ मन्त्रीलाई सरकारी आवास समस्या

काठमाडौँ। प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भई मतपरिणाम धमाधम आइरहेको छ । अबको केही दिनमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने...