जेन-जी मुभमेन्ट अलायन्स: भ्रष्टाचारविरुद्ध आन्दोलनसँगै वैकल्पिक शक्ति निर्माणमा जोड
काठमाडौं। नेपाली युवा समूह जेन-जी मुभमेन्ट अलायन्स ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई लगायत सम्पूर्ण आयुक्तलाई तत्काल राजिनामा दिन आह्वान गरेको छ।
समूहले हालैको जेन-जी आन्दोलनका मुख्य माग – भ्रष्टाचार र दण्डहिनताको अन्त्य – पूरा गर्न अख्तियारमा निष्पक्ष, स्वतन्त्र र सक्षम नेतृत्वको आवश्यकता औँल्याएको छ।
समूहले भनेको छ, ‘आयुक्तको नियुक्ति संसदीय सुनुवाइ बिना नै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले अध्यादेशमार्फत गरेको थियो, जसले आयोगको निष्पक्षतामा प्रश्न उठाउँछ। साथै, आयुक्त र आयोगको कार्यप्रणाली राजनीतिक रूपमा पक्षपाती रहेको आरोप लगाइएको छ।‘
धर्मनिरपेक्षता, संघीयता, समावेशिता र बहुदलीय लोकतन्त्र जस्ता मूल्यमा आधारित यो अलायन्स अन्य समूहसँग सहकार्य गर्न तयार रहेको जनाएको छ। हालसम्म ‘हामी नेपाल’, मिराज ढुंगानाको टोली र अन्य साना समूहहरूसँग सहकार्य प्रयास भएपनि वैचारिक मतभेद र फरक कार्यशैलीका कारण स्वतन्त्र रूपमा अघि बढेको अलायन्सले स्पष्ट पारेको छ।
अलायन्सका सदस्य खनालले भने, ‘अबको चुनावमा वैकल्पिक शक्तिलाई अघि ल्याएर पुराना शक्तिलाई खुम्च्याउन हामी हरसम्भव प्रयास गर्नेछौँ। हामीले आन्दोलन गरेर यतिसम्म गर्यौँ, अब एउटै उद्देश्य भनेको चुनावबाटै पुराना दललाई पाखा लगाउने र वैकल्पिक शक्तिलाई अगाडि ल्याउनु हो।”
समूहले हर्क साम्पाङ, बालेन साह, विवेकशील साझा जस्ता वैकल्पिक धारका व्यक्तित्व र समूहहरूसँग सहकार्य गरेर तीन ठूला दलहरूलाई चुनौती दिने रणनीति बनाएको छ। तर कुनै पार्टी नखोल्ने र आफूहरूको विचारसँग मेल खाने उम्मेदवार तथा शक्तिलाई सहयोग गर्ने रणनीति लिएको छ।
अलायन्स भित्र हाल पाँचवटा कोर टिमहरू छन् –
• संगठन विभाग (रिजन राना)
• कानुन र कागजात विभाग (मोनिका श्रेष्ठ)
• आइटी र मेलमिलाप विभाग (अमित खनाल ‘उर्जा’)
• संगठन र कानुन विभाग (अर्नब चौधरी)
• अनुसन्धान र विश्लेषण विभाग (सुमना लावती)
• सामाजिक सञ्जाल विभाग (सौर्य श्रेष्ठ)
यी टिमहरूले आफ्नो क्षेत्रमा केन्द्रित काम गर्दै प्रतिनिधित्व जुटाउने, सल्लाहहरूको सम्भाव्यता जाँच गर्ने र नागरिक समाजसँग सुझाव लिने काम गरिरहेका छन्। हाल यो अलायन्सले रुपन्देहीमा कमिटी गठन गरिसकेको छ र दाङ, धरान, गोर्खालगायत सुदूरपश्चिम क्षेत्रमा संगठन बिस्तार गर्ने जनाएको छ।
ताजा अपडेट
-
१.
कम्बोडियामा अलपत्र १६ नेपाली नेपाल फर्काइए
-
२.
खाडीमा द्वन्द्वको असर : उद्धार र सहायताका लागि ६६ हजार नेपालीले गराए नाम दर्ता
-
३.
ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ
-
४.
हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा
-
५.
‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’
ट्रेन्डिङ
सम्बन्धित समाचार
हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई शर्तसहित सघाउने बताउनुभएको छ।...
नयाँ सरकारले स्थायी नीति लिनुपर्छ : चन्द्र ढकाल
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक परिवर्तनसँगै बन्न लागेको नयाँ सरकारले स्थायी र निजी क्षेत्रमैत्री नीति...
प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर, मतदाता शिक्षाको शैली नै बदल्ने निर्वाचन आयोगको तयारी
निर्वाचन आयोगले करोडौं रकम खर्च गरेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरे पनि फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा...
काँग्रेस सभापति थापाले पदबाट राजीनामा दिनुपर्छः जितजंग बस्नेत
काठमाडौँ। राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद जितजंग बस्नेतले पार्टी सभापति गगनकुमार थापाको राजीनामा माग गर्नुभएको छ । बुधवार सिंहदरवारमा...




