रसायनशास्त्रमा नोबेल पुरस्कार आज घोषणा हुँदै
काठमाडौं। रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले आज (बुधबार) रसायनशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार घोषणा गर्ने भएको छ।
सन् १९०१ देखि २०२४ सम्म रसायनशास्त्रमा १९५ जना वैज्ञानिकलाई ११६ पटक नोबेल पुरस्कार प्रदान भइसकेको छ। गत वर्षको पुरस्कार सियाटलस्थित वासिङ्टन विश्वविद्यालयका बायोकेमिस्ट डेभिड बेकर र लन्डनस्थित ब्रिटिस–अमेरिकी आर्टिफिसियल इन्टेलिजेन्स संस्था गुगल डिपमाइन्डका डेमिस ह्यासाबिस र जोन जम्परलाई दिइएको थियो। उनीहरूले नयाँ प्रोटिनहरू डिकोड र डिजाइन गर्ने प्रविधि विकास गरेको योगदानको लागि सम्मान पाएका थिए।
यस वर्षको नोबेल पुरस्कार श्रृङ्खलामा सोमबार चिकित्साशास्त्र, मङ्गलबार भौतिकशास्त्र, बिहीबार साहित्य, शुक्रबार नोबेल शान्ति र आगामी सोमबार अर्थशास्त्र पुरस्कार घोषणा हुने तालिका तय छ।
नोबेल पुरस्कार वितरण समारोह डिसेम्बर १० मा हुनेछ, जुन दिन पुरस्कारका संस्थापक अल्फ्रेड नोबेलको पुण्यतिथीसँग मेल खान्छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




