यूथ आईजिएफ नेपाल अध्यक्षमा अधिवक्ता सुरेन्द्र तिवारी निर्वाचित
काठमाडौं । यूथ ईन्टरनेट गभर्नेन्स फोरम नेपाल (युथ आईजिएफ नेपाल) को चौथो वार्षिक सभाबाट सुरेन्द्र तिवारी अध्यक्षमा चयन हुनुभएको छन् ।
“खुला, समावेशी र सुरक्षित इन्टरनेटका लागि युवाहरूको सशक्तीकरण” भन्ने मूल नाराका साथ काठमाडौँमा सम्पन्न भएको सभाबाट अधिवक्ता तिवारीको नेतृत्वमा कमिटी बनेको हो।

युथ आईजिएफ नेपालका अध्यक्ष आनन्द गौतमले नवनिर्वाचित अध्यक्ष सुरेन्द्र तिवारीलाई नेतृत्व हस्तान्तरण गर्नुभयो । त्यस्तैगरी, यस अघिको कार्यकालमा उपाध्यक्षका रुपमा रहेका सुरेन्द्र तिवारीले उपाध्यक्षको कार्यकालको समापन भएसँगै नवनिर्वाचित उपाध्यक्षका रुपमा निकेश बलामीलाई नेतृत्व हस्तान्तरण गर्नुभएको थियो ।
यूथ ईन्टरनेट गभर्नेन्स फोरम नेपाल (युथ आईजिएफ नेपाल) संयुक्त राष्ट्रसंघ (United Nations) इन्टरनेट गभर्नेन्स फोरम सचिवालयद्वारा सन् २०२१ मा अङ्गकृत गरिएको एक राष्ट्रिय युवा अभियान हो । युवाहरूलाई इन्टरनेट गभर्नेन्स छलफलमा संलग्न गराउन, इन्टरनेटको सञ्चालन तथा सुशासनका विषयहरुमा युवाहरुको भूमिका थप सशक्त बनाउन, नीति निर्माण प्रक्रियाहरूमा युवाहरूको आवाजलाई बढावा दिन, सार्थक छलफलमा युवाहरूलाई प्रोत्साहित गर्न र युवाहरूको भूमिका थप सशक्त बनाउनका लागि यूथ आईजिएफको स्थापना भएको हो ।
एशिया प्यासिफिक स्कूल अफ ईन्टरनेट गभर्नेन्सका अध्यक्ष बाबुराम अर्यालको प्रमुख आतिथ्तामा भएको कार्यक्रममा विभिन्न सरोकारवाला समूहहरूका ५० बढी युवाहरूको सहभागी रहेको थियो ।
युनेस्कोका नेपाल प्रतिनिधि याको डु ट्वाँ (Jaco Du Toit) ले कि नोट स्पिकरका रुपमा मन्तव्य राख्नु भएको थियो । संयुक्त राष्ट्रसंघ इन्टरनेट गभर्नेन्स फोरम सचिवालयका क्षेत्रीय तथा राष्ट्रिय अभियान संयोजक आन्या गेन्जो तथा एसिया प्यासिफिक रिजनल ईन्टरनेट गभर्नेन्स फोरमका अध्यक्ष अमृता चौधरीका तर्फबाट प्रेरणादायक भिडियो सन्देश राखिएको थियो । विशेष अतिथिका रुपमा इन्टरनेट सोसाइटीको बोर्ड अफ टस्ट्रीबाट सागरिका र युथ आईजिएफ नेपालका निवर्तमान अध्यक्ष दिपा भटट्राई लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम इन्टरनेट सुशासनका लागि युवाहरूका मुद्दाहरू कसरी सवलीकरण गर्ने, इन्टरनेट सम्बन्धी कानुन तथा नीति निर्माण तहमा युवाहरूको भूमिका कसरी सशक्त बनाउने भन्ने विषयमा केन्द्रित रहेको ईन्टरनेट सोसाईटी नेपाल च्याप्टर तथा ओपन इन्टरनेट नेपालका अध्यक्ष आशिर्वाद त्रिपाठीले जानकारी दिनुभयो।

ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
२४ घण्टामा भएको विपद्बाट तीन जनाको मृत्यु
-
३.
खोटाङमा हेलिकप्टर दुर्घटना
-
४.
सरकारले गणतन्त्र, संविधान र संघीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्छ : रामवरण यादव
-
५.
आज घोडेजात्रा, काठमाडौँ उपत्यकामा बिदा
सिफारिस
सबैसम्बन्धित समाचार
आमाको नामबाट तीन हजारले लिए नागरिकता
काठमाडौँ। नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएपछि आमाको नामबाट नागरिकता लिनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। गृह...
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित
काठमाडौँ। ‘जेन–जी’ आन्दोलनको सत्यता बाहिर ल्याउनुपर्ने माग गर्दै त्रि–चन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई दबाब...
पर्वतमा जिप दुर्घटना, चालकको मृत्यु
काठमाडौँ। कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास नगरपालिका–४ मुडिकुवास्थित कुश्मा–फलेवास सडकस्थित कालीगण्डकी किनारमा जीप दुर्र्घटना हुँदा चालक सज्जन परियारको मृत्यु भएको छ।...
सिटीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
झापा। झापास्थित कचनकवल गाउँपालिका–४ मा सवारीसाधन (सिटी)को ठक्करबाट मोटरसाइकल चालक ५० वर्षीय शुकदेव गणेश मृत्यु भएको छ। जिल्ला प्रहरी...




