अर्थ

पोखराको पर्यटन क्षेत्रमा भएका क्षतिको प्रारम्भिक प्रतिवेदन प्रस्तुत

गण्डकी। पोखरा पर्यटन परिषद्ले पोखराको पर्यटन क्षेत्रमा भएका क्षतिको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेको छ । परिषद्का अध्यक्ष तारानाथ पहारी नेतृत्वमा पर्यटन सम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिसहितको टोलीले गण्डकी प्रदेशका पर्यटनमन्त्री मित्रलाल बस्यालसमक्ष जेनजी आन्दोलनका क्रममा पर्यटन क्षेत्रमा भएका क्षतिको प्रारम्भिक प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा पोखराका विभिन्न १० वटा होटेल तथा व्यावसायिक संस्थामा ठूलो क्षति भएको उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार पोखराको होटल सरोबरमा रु एक अर्ब, बगैँचा रिसोर्टमा ४० करोड, होटेल गुडविलमा २० करोड, पोखरा इभेन्ट सेन्टरमा १९.५ करोड, अङ्शुभरा कम्लेक्समा रहेका पसल तथा व्यवसायमा रु आठ करोड, बरपीपल रिसोर्टमा तीन करोड र होटल एडम प्रालिमा एक करोड क्षति भएको अनुमान गरिएको छ ।

त्यस्तै, होटेल ल्याण्डमार्कमा रु २५ लाख, सामुदायिक सेवा केन्द्र बैदाममा १२ लाख, मन्त्र थकालीमा पाँच लाखको क्षति भएको अनुुमान गरिएको छ । उक्त क्रममा उक्त संस्थामा जोडिएका विभिन्न कार्यालय, बैंकका साथै कतिपय होटेलमा स्वदेशी एवं विदेशी पर्यटकका सामानमा पनि क्षति भएको परिषद्ले जनाएको छ ।

पर्यटकीय यामको सुरुआतकै समयमा भएको आन्दोलन एवं आगामी फागुन २१ गते घोषणा गरिएको निर्वाचनका कारण समग्र पर्यटन क्षेत्रमा परेको असर आउँदो पर्यटकीय याममासमेत पर्ने देखिएको भन्दै परिषद्ले यस विषयमा संवेदनशील भई व्यवसायी बचाउनका लागि अनुरोध गरेको छ ।

विगतमा पनि कोभिड१९ ले आक्रान्त बनाउँदा गण्डकी प्रदेश सरकारले बिनाब्याज रू १५ लाख बराबरको व्यवसायी जीवनरक्षा कर्जा उपलब्ध गराई व्यवसायीलाई राहत प्रदान गरेको थियो”, परिषद्ले प्रतिवेदनमा भनेको छ, “वर्तमान परिप्रेक्ष्यमासमेत अविलम्ब व्यवसायी जीवन रक्षा कर्जा उपलब्ध गराई पर्यटन व्यवसाय बचाउनका लागि हार्दिक अनुरोध गर्दछौं।”

समस्याको दीर्घकालीन समाधान गर्ने र पीडित पर्यटन व्यवसायीलाई उचित क्षतिपूर्ति दिलाउने तर्फ गण्डकी प्रदेश सरकार तथा सम्बन्धित निकायले आवश्यक पहलकदमी लिइ तत्काल समस्याको समाधान गर्नका लागि आग्रह गरिएको छ ।

भेटका क्रममा पर्यटन व्यवसायीले पर्यटन क्षेत्रको पुनःउत्थानका लागि पर्यटन मन्त्रालय अन्तर्गतका पूर्वाधारतर्फबाट बजेटलाई कटौती गर्दै प्रवर्द्धनका क्षेत्रमा लगाउन आग्रह गरिएको छ । त्यस्तै टुक्रे योजनाका बजेटसमेत कटौती गरी पर्यटन क्षेत्रमा नै लगानी गर्न पनि आग्रह गरिएको परिषद्का महासचिव जीवन सापकोटाले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

आवश्यक परे पानीजहाज नै भाडामा लिएर भएपनि नागरिकको उद्धार गर्न सरकार सक्षम रहेको स्पष्टोक्ति

आवश्यक परे पानीजहाज नै भाडामा लिएर भएपनि नागरिकको उद्धार गर्न सरकार सक्षम रहेको स्पष्टोक्ति

काठमाडौँ। पश्चिम एशियामा पछिल्लो समय उत्पन्न सुरक्षा चुनौती र त्यहाँ रहेका नेपाली नागरिकको अवस्थालाई लिएर नेपाल सरकार र परराष्ट्र...

सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी

सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी

काठमाडौँ। मध्यपूर्वमा बढ्दो तनावकाबीच ५ हजार नेपाली नागरिकले आफू असुरक्षित रहेको जानकारी सरकारी संयन्त्रमा टिपाएको परराष्ट्र मन्त्रालयले जनाएको छ...

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न आग्रह गरेको छ ।...

नयाँ मन्त्रीलाई सरकारी आवास समस्या

नयाँ मन्त्रीलाई सरकारी आवास समस्या

काठमाडौँ। प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भई मतपरिणाम धमाधम आइरहेको छ । अबको केही दिनमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने...