आईसीसी टी २० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक संयुक्त छनोटमा नेपालको विजयी सुरुवात
काठमाडौं। नेपालले आईसीसी टी २० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक संयुक्त छनोटमा विजयी सुरुआत गरेको छ।
आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको छ। पहिलो इनिङमा कमजोर सुरुआत गरेको भए पनि नेपालले कमब्याक गरेर १४१ रन बनाएको थियो। कुशल भुर्तेलले सर्वाधिक ६६ रन जोडेका छन्।
जवाफमा १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८ ओभर १ बलमा ८३ रनमा समेटिएको हो।
नेपालका लागि कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र ललित राजवंशीले समान दुईदुई विकेट लिएका छन्। आजको जितसँगै नेपालले समूहमा २ अंक जोडेको छ। छनोटमा आजै भएको खेलमा ओमान र युएईले पनि जित निकालेका थिए।
रोहित पौडेलको कप्तानका रुपमा यो ५० औं टी २० आई खेलसमेत हो।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...




