इजरायल र हमासबीचको युद्धविरामले विपिन जोशी सार्वजनिक हुने आशा, अवस्था भने अझै अज्ञात
काठमाडौं। इजरायल र हमासबीच युद्धविराम सहमति भएपछि नेपाली युवा विपिन जोशीको अवस्था सार्वजनिक हुने आशा पलाएको छ । तर उनको अवस्था कस्तो छ भनेर अहिलेसम्म स्पष्ट जानकारी आइसकेको छैन ।
हमाससँग बाँकी रहेका ४८ बन्धकमध्ये २० जनामात्रै जीवित रहेको अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले लेखेको छ। इसराइल र हमासबीच युद्धविराम सम्झौताबारे जानकार एक अधिकारीसँग कुराकानी गर्दै बन्धक रहेकामध्ये २० जनामात्रै जिवित रहेको पुष्टि गरेको छ।
‘हाल २० जना बन्धकहरू जीवित छन्। उनीहरूलाई सम्भवतः आइतबार हमासले एकसाथ रिहा गर्नेछ,’ ती अधिकारीले टाइम्ससँग भनेका छन्।
जनमध्य नेपालका जोशीको अवस्था पनि के हो भन्ने जानकारी नरहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए ।
सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए । हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएपछि उनको अवस्था हालसम्म थाहा हुन सकेको छैन ।
बुधबार साँझ विपिनकी बहिनी पुष्पा जोशीले सार्वजनिक गरेको ३३ सेकेन्डको पुरानो भिडियोमा विपिनले आफ्नो परिचय दिँदै आफू नेपाली नागरिक भएको बताएका छन् र ‘अर्न एण्ड लर्न’ कार्यक्रमको सिलसिलामा इजरायल आएको बताएका छन् ।
विपिनकी बहिनी पुष्पाले आफूहरु हाल अमेरिकामा रहेको र इजिप्टको कायरोमा युद्धबिराम तथा बन्धकहरु रिलिजबारे छलफल चलिरहेकाले दबाब बढाउन पुरानो भिडियो सार्वजनिक गरेको बताएकी छन् ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले इसराइलमा आक्रमण गरी त्यहाँबाट २५१ जनालाई बन्धक बनाएर गजा पुर्याएको थियो।
झन्डै २ वर्षको अवधीमा पटकपटक भएका युद्धविराम र बन्दी साटासाट क्रममा हमासले २०३ जना बन्धक यसअघि नै छाडिसकेको छ।
बिहीबार बिहान इसराइल र हमासबीच पुनः सम्झौता भएसँगै बाँकी बन्धकहरु चाँडै छुट्ने आकलन गरिएको छ।
मृतक २८ जनालाई भने हमासले चरणबद्ध रुपमा इसराइलको जिम्मा लगाउनेछ।
‘शव पहिचानका लागि समय लाग्ने भएकाले मृतक बन्धक हस्तान्तरण गर्न केही समय लाग्न सक्छ,’ ती अधिकारीले भनेका छन्।
इजिप्टमा सोमबारदेखि सुरू भएको अप्रत्यक्ष वार्तामा अमेरिका, टर्की, इजिप्ट र कतारले मध्यस्थता गरेका थिए।
गएराति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व हेर्ने दूत स्टिभ विटकोफ र आफ्नो ज्वाइँसमेत रहेका यसअघिका मध्यपूर्व सल्लाहकार जारेड कुश्नरलाई इजिप्ट पठाएका थिए।
युद्धविरामका लागि ट्रम्पले २० बुँदे खाका तयार पारेर छलफलका लागि मध्यस्थकर्ताहरुलाई दिएका थिए।
सम्झौता भएपछि ट्रम्पले आजको दिनलाई विशेष दिन भनेका छन्।

यस्तो छ ट्रम्पले प्रस्ताव गरेका २० बुँदा:
१. गाजालाई आतंकमुक्त र चरमपन्थी गतिविधिबाट मुक्त क्षेत्र बनाइनेछ।
२. गाजाको पुनर्निर्माण गाजावासीको हितका लागि गरिनेछ।
३. दुवै पक्षले सहमति गरे युद्ध तुरुन्त अन्त्य गरिनेछ।
– इसराइली सेना सहमत रेखासम्म फिर्ता हुनेछ र बन्धक मुक्त गर्ने तयारी हुनेछ।
यस अवधिमा सबै सैन्य कारबाही हवाई र जमिनबाट हुने आक्रमण रोकिनेछ।
४. इसराइले प्रस्ताव स्वीकृत गरेको ७२ घण्टा भित्र सबै बन्धकहरू फिर्ता गरिनेछन्।
५. सबै बन्धक फिर्ता भएपछि इसराइलले २५० आजीवन कैदी र १७०० गाजावासी बन्दीलाई मुक्त गर्नेछ।
-यीमध्ये अक्टोबर ७, २०२३ पछि पक्राउ परेका महिला र बालबालिका पनि हुनेछन्।
-प्रत्येक मृत इसराइली बन्धकको सट्टा १५ जना मृत गाजावासीका शव फिर्ता गरिनेछ।
६. बन्धक फिर्ता भएपछि हमासका सदस्यहरूलाई आममाफी दिइनेछ।
-जसले शान्तिपूर्ण सहअस्तित्व स्वीकार गर्छन् र हतियार बुझाउँछन्, तिनीहरूलाई माफी दिइनेछ।
-जो गाजाबाट बाहिर जान चाहन्छन्, उनीहरूलाई सुरक्षित बाटो दिइनेछ।
७. सम्झौता स्वीकृत भएपछि तुरुन्तै गाजामा पूर्ण मानवीय सहायता पठाइनेछ।
८. सहायता वितरण संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय निकायमार्फत हुनेछ।
९. गाजाको शासन अस्थायी रूपमा एक प्राविधिक (टेक्नोक्र्याटिक) प्यालेस्टिनी समितिले गर्नेछ।
१०. यो समितिको निगरानी ‘बोर्ड अफ पिस’ नामक अन्तर्राष्ट्रिय निकायले गर्नेछ।
-यो निकायको नेतृत्व र अध्यक्षता डोनाल्ड ट्रम्पले गर्नेछन्।
-अन्य सदस्यहरूमा राष्ट्र प्रमुखहरू र पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयर पनि रहनेछन्।
११. ‘बोर्ड अफ पिस’ ले गाजाको पुनर्निर्माणका लागि आर्थिक र संस्थागत ढाँचा बनाउनेछ।
१२. ट्रम्पले गाजाको आर्थिक विकासका लागि विशेष योजना घोषणा गर्नेछन्। यो योजना मध्यपूर्वका सफल आधुनिक सहरहरू विकास गर्न सहयोग गरेका विशेषज्ञहरूको टोलीले तयार गर्नेछ।
१३. गाजामा विशेष आर्थिक क्षेत्र (स्पेसल इकोनोमिक जोन) स्थापना गरिनेछ।
१४. कसैलाई गाजाबाट जबरजस्ती निकालिने छैन।
-जो बाहिर जान चाहन्छन्, उनी स्वतन्त्र हुनेछन् र फर्किन पनि स्वतन्त्र हुनेछन्।
-मानिसहरूलाई गाजामा बस्न र राम्रो भविष्य निर्माण गर्न प्रोत्साहित गरिनेछ।
१६. हमास र अन्य समूह शासनमा सहभागी हुन पाउने छैनन्।
-प्रत्यक्ष वा अप्रत्यक्ष कुनै रूपमा शासनमा उनीहरूको भूमिका रहने छैन। सबै सैन्य, आतंक र आक्रमण संरचना जस्तै सुरुङ र हतियार कारखाना — नष्ट गरिनेछ।
-गाजाको निरस्त्रीकरण प्रक्रिया हुनेछ।
१७. क्षेत्रीय साझेदार देशहरूले हमास र अन्य समूहले सम्झौता पालन गर्छन् भन्ने सुनिश्चित गर्ने ज्ञारेन्टी दिनेछन्।
१८. संयुक्त राज्य अमेरिका, अरब र अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर अस्थायी अन्तर्राष्ट्रिय स्थायित्व बल (आइएसएफ) स्थापना गर्नेछ।
-यो बल तुरुन्तै गाजामा पठाइनेछ, जसले फिलिस्तीनी प्रहरीलाई तालिम र सहयोग प्रदान गर्नेछ।
-यो बलले जोर्डन र इजिप्टसँग परामर्श गर्दै काम गर्नेछ।
१९. इसराइलले गाजालाई न कब्जा गर्नेछ न आफ्नो भूभागमा मिलाउनेछ।
-आइएसएफले स्थायित्व कायम गरेपछि इस्रायली सेना चरणबद्ध रूपमा फिर्ता हुनेछ।
-फिर्ती तालिका र मापदण्ड आइएसएफ, आइडिएफ, ग्यारेन्टर देशहरू र अमेरिकाबीच सहमतिपूर्वक तय गरिनेछ।
२०. यदि हमासले प्रस्ताव ढिलो गर्छ वा अस्वीकार गर्छ भने पनि सहायता र पुनर्निर्माण अघि बढ्नेछ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित
-
४.
बहुसूचक सर्वेक्षण नतिजा सार्वजनिक : पूर्वप्रसूति जाँचको पहुँच बढ्यो
-
५.
आईसीसी पुरुष टी– २० विश्वकप : श्रीलंकासँग आयरल्यान्डको २० रनको हार
सिफारिस
सबैसम्बन्धित समाचार
मङ्गोलियामा अत्यधिक चिसोका कारण २६ हजार ३ सय भन्दा बढी चौपायाको मृत्यु
मङ्गोलियामा ‘जुद’/मशगम भनिने अत्यधिक चिसोका कारण गत जनवरी महिनामा २६ हजार ३ सय भन्दा बढी चौपायाको मृत्यु भएको छ...
भारतद्वारा रक्षा क्षमता अभिवृद्धिका लागि ३९.७ अर्ब अमेरिकी डलरको रक्षा प्रश्ताव स्वीकृत
भारतको रक्षा अधिग्रहण परिषद्ले राफेल लडाकु विमान, लडाकु क्षेप्यास्त्र र एयरशिपमा आधारित उच्च उचाइको स्यूडो स्याटेलाइट खरिद गर्न ३९.७...
भारतको खुद्रा मुद्रास्फीति २.७५ प्रतिशत पुग्यो, आधार वर्ष परिवर्तन
सरकारी तथ्याङ्कअनुसार संशोधित नयाँ आधार वर्ष २०२४ का आधारमा यस वर्षको जनवरीमा भारतको खुद्रा मुद्रास्फीति २।७५ प्रतिशत पुगेको छ...
जापानी मोटर कम्पनी निसानद्वारा आर्थिक वर्ष २०२५ मा ६५० अर्ब येन घाटा हुने प्रक्षेपण
जापानको निसान मोटर कम्पनीले आगामी महिना समाप्त हुने आर्थिक वर्ष २०२५ का लागि ६५० अर्ब येन/करिब ४।२५ अर्ब अमेरिकी...




