सुनको माग बढ्दा मुल्यमा दैनिक रेकर्ड
काठमाडौं। पछिल्ला दिनहरुमा सुनको भाउले हरेक दिन रेकर्ड तोड्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएसँगै नेपाली बजारमा समेत निरन्तर उचाईतर्फ लागिरहेको सुनको मूल्य अझै रोकिने अवस्था छैन । यो साता लगातार उकालो लागिरहेको सुनको मूल्य बिहीवार पनि तोलामा १२ सय रूपैयाँले बढेर प्रतितोला २ लाख ३९ हजार २ सय रूपैयाँमा कारोबार भयो । जुन अहिलेसम्मकै उच्च हो ।
यो साता सोमवार २५ सय रूपैयाँले बढेको सुनको मूल्य मंगलवार २३ सयले उकालो लागेको थियो । बुधवार पनि २६ सयले बढ्दै सुन प्रतितोला २ लाख ३८ हजार रूपैयाँमा कारोबार भएको थियो।
यसरी सुनको भाउले दिनदिनै रेकर्ड तोड्दै जानुका कारणहरु आन्तरीक भन्दा पनि वाह्य कारण बढी रहेको सुनचाँदी व्यवसायीहरु बताउछन् । उनीहरुकाअनुसार सुनको भाउ कोभिडयता नै निरन्तर बढ्दै गएको छ । यो कहीलेसम्म बढिरहने हो भन्न सकिने अवस्थै छैन । रुस–युक्रेन युद्धदेखि, अन्य ठूला शक्ति राष्ट्रबीच संघर्ष चर्किंदा सुनको भाउ झन् पनि झन् बढ्दै गएको व्यवसायीको बुझाइ छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य रुस–युक्रेन, इजरेल–हमासको युद्ध र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्वका कैयौँ देशमा लगाएको करका कारण सुनको भाउ उच्च भएको बताउनु भयो ।
उहाँकाअनुसार भारतलाई अमेरिकाले ट्यारिफ बढाएलगत्तै भारतको अर्थतन्त्र डामाडोल हुनपुग्यो । भारतले शरण माग्नुपर्ने भयो । उसले रसियासँग शरण माग्यो । रसियाले चाइनासँग सहकार्य गरिसकेपछि, अहिले भारत, चाइना, रसिया, ब्राजिल जस्ता देशहरूले ब्रिक करेन्सी निकाल्न लागेका छन् । उनीहरुले अमेरिकालाई काउन्टर दिन खोज्दा त्यसको असर सुनचाँदीको भाउ सम्मै पुगेको बज्रचार्य बताउनुहुन्छ ।
उहाँकाअनुसार अब ब्रिक करेन्सी आउने भएपछि डलरको भाउ चाहिँ खस्किने देखिन्छ । डलर किन राख्ने भनेर अहिले नेपाल, चाइना र इन्डियाले आफूसँग संचित भएको डलर फाल्दै सुनजम्ममा गरेका कारण सुन बजारमा अभाव भएको छ। अरु युरोपियन देशहरू लगायतका अरु देशहरूको रिजर्भ बैंकहरूले पनि सुनको अभाव रहेको र उनीहरु पनि सुन जम्मा गर्नतर्फ लागेका छन् ।
उपाध्यक्ष बज्रचार्यले भन्नुभयो–‘इन्भेस्टरहरू बजारमा आए र अहिले सुन अभाव भयो । त्यसकारणले पछिल्लो दिनमा यसरी बढेको हो ।’
उहाँकाअनुसार अबका दिनहरूमा सुनको मूल्य अझै माथि पुग्छ । बजारमा सुनको अभाउ हुँदासम्म यसको माग उच्च हुनेछ । एउटा बिन्दुमा पुगेपछि सुनको भाउ घट्ने उहाँ बताउनुहुन्छ ।
सुनमा लगानी गर्ने बढ्दै
पछिल्ला दिनमा सुनमा लगानी गर्नेहरु बढिरहेको बज्रचार्य बताउनुहुन्छ । उहाँकाअनुसार आवश्यक पर्ने व्यक्तिहरूले भन्दा पनि आवश्यक नपर्ने व्यक्तिहरूले सुन किनिरहेका छन् । नेपाली रुपैयाँको त्यसै पनि भ्यालु छैन । भोलि डलरको नि भ्यालु नहुन सक्छ र सुनको मात्र भ्यालु हुने रहेछ, भनेर अहिले सर्टटर्मको लागि सुनमा इन्भेस्ट गर्ने र त्यो पछि फेरि बेचेर त्यसबाट पैसा कमाउने बढेको उहाँको भनाइ छ ।
नेपालमा ढिका सुन राख्न पाउने प्रावधान छैन, त्यो नहुँदा गहना बनाएर राख्नेहरु बढेको बज्रचार्य बताउनुहुन्छ । उहाँकाअनुसार दसैँ अगाडिदेखि मात्र यसरी गरगहना बनाएर राख्नेहरुको चहलपहल देखिएको हो। होइन भने नेपाली जनताहरूको क्रयशक्ति त्यति धेरै राम्रो नभएकाले त्यस्तो चहलपहल थिएन ।
महासंघका प्रथम उपाध्यक्ष बज्रचार्य जसरी सुनको भाउ बढेको छ । त्यसैगरी घट्न पनि सक्छ । त्यसले आफुलाई आवश्यक पर्ने सुनहरू खरिद गर्न राम्रो नै हुन्छ । अलिकति शर्ट टर्म लगानी गरेर क्यास गर्छु भन्ने हिसावले लगानी गर्नेहरुले कमाउन सक्छन् ।
केही लगानीकर्ताले सुनचाँदीमा रकम खर्चेपनि सामान्यतया सुनचाँदी पसलहरुमा उपभोक्ताको भीड देखिँदैन । बानेश्वरमा रहेको एसआर ज्वेलर्सका सञ्चालक सिताराम गहतराजले सुनचाँदीको भाउ आकासिएपछि पहिलेको तुलनामा कारोबार धेरै कम भइरहेको बताउनुभयो ।
उहाँकाअनुसार अन्तर्राष्ट्रिय बजारमै मुल्य वृद्धि भएका कारण त्यसको असर व्यवसायमै परेको छ ।
सञ्चालक गहतराजले भन्नुभयो–‘पहिले जस्तो सुनचाँदीको कारोबार छैन् । आर्थिक मन्दी , आन्दोलनले गर्दा पनि उपभोक्तालाई मार नै परिरहेको छ । क्रयशक्ति घटेका कारणले व्यवसाय उत्साहजक छैन् ।’
उहाँकाअनुसार चाडपर्वको बेला सिजन भएकाले नयाँ सुनभन्दा पनि पुराना भएका गहनालाई मिलाएर बनाउने काम उपभोक्ताले गरेका छन् । सरकारले अतिरिक्त कर लगाएका कारण त्यसको असर बजारमा देखिएको गहतराजको भनाइ छ । -न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो
वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...
कति छ विदेशी मुद्राको विनिमय दर?
काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...
सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...




