राजनीति

राष्ट्रपति र जेनजीसँग बीच छलफल सुरु

काठमाडौं । आज राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीको टोलीसँग छलफल सुरु भएको छ। राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित जेनजीको टोलीसँग छलफल गर्न लागेका हुन् ।

छलफल तय हुँदा जेनजीको तर्फबाट १७ जना सहभागी हुने बताइएको थियो । तर, बैठक सुरु हुनुभन्दा अगाडि यो संख्या बढेको छ ।

एक जेनजी अगुवाका अुनसार हालसम्म बैठकमा सहभागी हुनेको संख्या २२ पुगेको छ । आजको बैठकमा जेनजीका मागका सम्बन्धमा छलफल हुनेछ ।

प्रधानमन्त्री सुशीला कार्कीले जेनजीकै प्रतिनिधित्व गराएर मन्त्रिपरिषद् विस्तार गर्ने तयार भइरहेका बेला बैठक बस्न लागेको हो ।

शुक्रबार राष्ट्रपति पौडेलले यसअघि संसदमा प्रतिनिधित्व गरेका दलहररुसँग छलफल गर्नुभएको थियो। सो छलफलमा  प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद्का सबै सदस्यको समेत सहभागिता रहेको थियो।

सम्बन्धित समाचार

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...

हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा

हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई शर्तसहित सघाउने बताउनुभएको छ।...

नयाँ सरकारले स्थायी नीति लिनुपर्छ : चन्द्र ढकाल

नयाँ सरकारले स्थायी नीति लिनुपर्छ : चन्द्र ढकाल

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक परिवर्तनसँगै बन्न लागेको नयाँ सरकारले स्थायी र निजी क्षेत्रमैत्री नीति...

प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर, मतदाता शिक्षाको शैली नै बदल्ने निर्वाचन आयोगको तयारी

प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर, मतदाता शिक्षाको शैली नै बदल्ने निर्वाचन आयोगको तयारी

निर्वाचन आयोगले करोडौं रकम खर्च गरेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरे पनि फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा...