अन्तर्राष्ट्रिय

ट्रम्पले फेरि सुरू गरे चीनसँग व्यापार युद्ध, भन्सार बढाएर १३० प्रतिशत पुर्‍याउने घोषणा

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आउने सामानमा थप १०० प्रतिशत भन्सार लगाउने घोषणा गरेका छन्। आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेखेर ट्रम्पल चीनमाथि यसअघि लगाइँदै आएको ३० प्रतिशत भन्सारमा थप सय प्रतिशत बढाउने घोषणा गरेका हुन्।

योसँगै चीनबाट अमेरिका आयात हुने सामानमा अब १३० प्रतिशत भन्सार लाग्ने भएको छ। ट्रम्पले बढाइएको भन्सार नोभेम्बर १ देखि लागू हुने बताएका छन्।

अब चीनमाथि उनीहरूले अहिले तिरिरहेको भन्सारबाहेक थप सय प्रतिशत भन्सार लगाइनेछ,’ ट्रम्पले लेखेका छन्, ‘नोभेम्बर १ देखि हामी सबै प्रकारका महत्वपूर्ण सफ्टवेयरहरूमा निर्यात नियन्त्रण पनि लागू गर्नेछौँ,’ उनले भने।

ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु भएलगत्तै चीनसँग व्यापार युद्ध गरेका थिए।अत्यतिबेला अमेरिकाले चीनमाथि लगाएको १४५ प्रतिशतसम्म भन्सार लगाएको थियो। ट्रम्पसँगको व्यापार युद्धमा नझुकेको चीनले त्यतिबेला अमेरिकामाथि पनि १२५ प्रतिशत जबाफी भन्सार लगाएको थियो।

चीन झुक्दै नझुकेपछि स्वीटजरल्याण्डमा दुई देशबीच वार्ता भई ११५ प्रतिशत बिन्दुले भन्सार घटाउने सहमति गरेका थिए। यसबीच ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच दक्षिण कोरियामा अक्टोबरको अन्त्यमा हुने एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन फोरमको शिखर सम्मेलनमा भेट्ने तय भएको छ।

सो भेटअघि चीनले दुर्लभ खनिज पदार्थको निर्यातमा फेरि कडाइ गरेपछि ट्रम्पले पुनः चीनसँग व्यापार युद्ध सुरू गरेको भनेर अमरिकी टेलिभिजन नेटवर्क सिएनएनले लेखेको छ।

सुरूमा दुर्लभ खनिज पदार्थको निर्यातमा मात्रै चीनले रोक लगाएको थियो। अहिले भने केही चिनियाँ दुर्लभ खनिज पदार्थ प्रयोग गरेर अरू देशमा बनाएको सामान निर्यात गर्नका लागि पनि चीनको वाणिज्य मन्त्रालयसँग स्वीकृति लिनु पर्ने नियम ल्याएको छ।

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...