माओवादीसँगको एकताबारे झलनाथ : बेमौसमको बाजा नबजाऔँ, पार्टी पुनर्गठनमा लागौँ
काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिले कुनै पार्टीसँग एकता गर्ने बेला नरहेको बताउनुभएको छ। जेनजी आन्दोलनका क्रममा आगोमा जलेर घाइते भएकी पत्नी रविलक्ष्मी चित्रकारको उपचारका क्रममा दिल्लीमा रहनुभएका खनालले अहिले पार्टी पुनर्गठन र रूपान्तरण समय रहेको बताउनुभएको हो।
“सबैतिर सर्वत्र पुनर्गठन र रूपान्तरणको माग उठिरहेको छ । यो युगको माग हो, यो समयको माग हो, यो जनताको माग हो र यो सिंगो राष्ट्रको मागसमेत हो । यो फगत पुस्तावादको माग होइन, सबै पुस्ताको क्रान्तिकारी पुनर्गठन र रूपान्तरणको माग हो,” उहाँले भन्नुभएको छ, “त्यसलाई अस्वीकार गरेर कोही अघि जान सक्दैन । कमरेडहरू, यतिबेला हाम्रो पार्टीको निम्ति कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन र छैन ।”
एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र बीच एकताको चर्चा हुँदै आएका बेला खनाल विपक्षमा उभिनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका खनालले सत्तामा रहेका र सत्तामा सहभागी सबै पार्टीका नेतृत्वले मुलुकलाई सही दिशा दिन नसकेकामा जिम्मेवारी लिनैपर्ने बताउनुभएको छ।
‘मुलुकलाई सही दिशा दिने भनेको राजनीतिले र आजको अवस्थामा राजनीतिक पार्टीले नै हो । हामी अहिले बहुदलीय प्रणालीमा छौँ । दलबाहेक कसैले पनि जनता र मुलुकलाई सही बाटो देखाउन सम्भव हुँदैन । त्यसमाथि वामपन्थी दलले नै आमजनता र राष्ट्रलाई सही मार्ग देखाउनुपर्ने हो,’ उहाँले भन्नुभएको छ ।
उहाँले एमालेबाट चार वर्षअघि गरिएको विद्रोहको समीक्षा गर्नुपर्ने पनि उल्लेख गर्नुभएको छ। “ठिक बेठिक के गर्यौँ, दुध र पानी छुट्याऊँ । हामीले नवौँ राष्ट्रिय महाधिवेशनदेखि नै उठाएको युवा आवाज र कार्यविधिको कुरालाई ध्यान दिऊँ । हाम्रै पार्टी भित्रका युवाहरूको आवाज अनुरूपसमेत पार्टीलाई सही वैचारिक, राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तका आधारमा पुनर्गठन गरौँ, पार्टीलाई आमूल परिवर्तनकारी र नेपाली विशेषताको समाजवादका निम्ति दृढ संकल्पित पार्टीमा रूपान्तरण गरौँ, यही दिशाका आधारमा सकेसम्म सबै क्रान्तिकारी कम्युनिष्ट, वामपन्थी, देशभक्त र प्रगतिशील शक्तिहरूलाई गोलबन्द गरौँ,” खनालले भन्नुभएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन
काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...
हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई शर्तसहित सघाउने बताउनुभएको छ।...
नयाँ सरकारले स्थायी नीति लिनुपर्छ : चन्द्र ढकाल
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक परिवर्तनसँगै बन्न लागेको नयाँ सरकारले स्थायी र निजी क्षेत्रमैत्री नीति...
प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर, मतदाता शिक्षाको शैली नै बदल्ने निर्वाचन आयोगको तयारी
निर्वाचन आयोगले करोडौं रकम खर्च गरेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरे पनि फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा...




