खेलकुद

कतारसँग भिड्दै नेपाली टोली

काठमाडौँ। आईसीसी टी २० विश्वकप एसिया तथा ईस्ट एसिया प्यासिफिक छनोटमा नेपालले आज कतारसँग खेल्दैछ।

ओमानको अल अमिरेत क्रिकेट रंगशालामा यो खेल नेपाली समयानुसार राति सवा ८ बजे सुरु हुनेछ। सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी यूएईमाथि १ रनको रोमाञ्चक जित निकालेको थियो।

प्रतियोगितामा नेपाल समूह ‘बी’का दुवै खेल जित्दै सुपर–६ मा आएको थियो। नेपालले समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो। नेपालले दोस्रो खेलमा जापानविरुद्ध पाँच विकेटको जित निकालेको थियो। नेपाल लगातार चौथो जितको खोजीमा छ।

कतार समूह चरणमा मलेसियालाई पराजित गर्र्दै सुपर–६ मा आएको हो। समूह ‘ए’मा कतार यूएईसँग पराजित भएको थियो भने मलेसयालाई ८ विकेटले कतारलाई हराएको थियो। सुपर सिक्समा भने कतार ओमानसँग ३४ रनले पराजित हुन पुग्यो।

यी दुई टोलीबीच अहिलेसम्म तीन खेल हुुँदा नेपालले २ तथा कतारले एक खेल जितेका छन्। अपराजित नेपालको सुपरसिक्समा ४ अंक भएको छ भने कतार अंकविहीन छ।

सुपर–६ मा रहेका पाँचमध्ये चार टिमसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले प्रतिस्पर्धा गर्ने टिममा यूएईसँगै कतार, ओमान र समाओ छन्। नेपालले आफ्नै समूहबाट सुपर–६ मा आएको जापानविरुद्ध भने प्रतिस्पर्धा गर्ने छैन।

अब यो चरणमा हुने १२ खेलपछि शीर्ष ३ स्थान हासिल गर्ने टोलीले २०२६ फेब्रुअरी र मार्चमा भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान बनाउने छन्। नेपालले बुधबार ओमानसँग खेल्नेछ भने सुपर सिक्सको अन्तिम खेलमा शुक्रबार सामोआसँग खेल्ने छ।

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...