अन्तर्राष्ट्रिय

हमासले छाड्यो सबै बन्धक

हमासले गाजामा जीवित रहेका सबै जीवित बन्धकहरू छाडेको छ।

केहीबेर अघिसम्म हमासले सबै बन्धकहरू छाडेको भनेर अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।

तीमध्ये १३ जना बन्धकहरूलाई रेड क्रसले इसराइलको जिम्मा लगाइसकेको छ।

बाँकी बन्धकहरूलाई रेडक्रसले गजाबाट इसराइलतर्फ लगिरहेको भनिएको छ।

रेडक्रसले हमासले हस्तान्तरण गरेका बन्धकहरूलाई रिम सैन्य शिविरमा लैजान्छ। त्यहाँबाट सेनाले तेल अविभ पुर्‍याउँछ।

परिवारसँग भेटवार्ता गराएपछि बन्धकहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि अस्पताल लगिन्छ।
हमासबाट बन्धकमुक्त भएपछि पहिलो पटक केही बन्धकहरुको एसराइली भूमीमा खिचिएका तस्बिर सार्वजनिक भएका छन्।

बन्धकमुक्त हुनेहरूमा २२ वर्षीय मटन एन्ग्रेस्ट, २८ वर्षीय जिभ बर्मन, २८ वर्षीय गाली बर्मन, ३६ वर्षीय एल्काना बोहबोट, २१ वर्षीय रोम ब्रास्लाभ्स्की, २४ वर्षीय निमरोड कोहेन, २६ वर्षीय एरियल क्युनियो, ३३ वर्षीय डेभिड क्युनियो, २४ वर्षीय एभ्यातार डेभिड, २४ वर्षीय गाइ गिल्बोआ–दलाल, ३७ वर्षीय म्याक्सिम हर्किन छन्।

त्यस्तै ३९ वर्षीय एइटन होर्न, २७ वर्षीय सेगेभ काल्फोन, २१ वर्षीय बार कुपेर्स्टाइन, ४८ वर्षीय ओम्रि मिरन, २३ वर्षीय एइटन अब्राहम मोर, २५ वर्षीय योसेफ–चाइम ओहाना, २२ वर्षीय अलोन ओहेल, ३५ वर्षीय अविनातान ओर, २५ वर्षीय मटन जाङगाउकरलाई पनि हमासले छाडेको छ।

जीवित बन्धकहरू मुक्त भएपछि हमासले मृत्यु भएकाहरुको शव इसराइललाई हस्तान्तरण गर्छ। शव हस्तान्तरणका लागि भने केही समय लाग्न सक्ने भनेर हमासले इसराइललाई जानकारी गराएको छ।

हमासले बन्धक मुक्त गरेपछि इसराइलले प्यालेस्टिनी केदीहरूलाई जेलमुक्त गर्नेछ। उसले २५० जना आजीवन कारावास सजाय तोकिएका कैदीसहित १७ सय जनालाई जेलमुक्त गर्नेछ। नेपाली युुुवक विपिन जोशी भने जीवित नरहेको इजरायली सेनाले जानकारी दिएको छ। जोशीको परिवार र इजरायली राजदूतावासलाई इजरायलले भिडियो संवादमार्फत जोशी जीवित रहेको जानकारी दिएको हो।

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...