अर्थ

भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनालाई भ्रष्टाचार मुद्दा

काठमाडौँ। भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित सात जनाविरुद्ध ८१ लाख ५३ हजार ६५० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार घर्तीसहित उक्त नगरपालिकामा ईन्जिनियर पदमा कार्यरत मोहन मल्ल, सामाजिक विकास अधिकृत अनिश साह, कानुन अधिकृत प्रकाश कुमार शाही, लेखापाल राजेन्द्र बहादुर कठायत, नायब सुब्बा कृतिबहादुर थापा र थापा/सविन/सुदर्शन जेभी खलंगा ४ जाजरकोट र उक्त जेभीका आधिकारिक प्रतिनिधि थापा निर्माण सेवाका प्रोप्राइटर दिपबहादुर खत्रीविरुद्ध सो भ्रष्टाचार मुद्दा दायर भएको छ ।

आयोगकाअनुसार आर्थिक वर्ष २०८०÷८१ मा ‘कारागार रानागाउँ नेटीबजार सडक’ निर्माणका लागि दुई करोड ८० हजार रुपियाँ तथा नगर कार्यपालिकाले भ्याट, कन्टिजेन्सी समेत दुई करोड ८० लाख ४२ हजार ७४३ रुपियाँ बजेट विनियोजन भएको थियो ।

उक्त आयोजनाको बोलपत्र आह्वान २०८० मङ्सिर १० गते ईजीपी पोर्टलमामा गरिएको र राष्ट्रियस्तरको पत्रिका सूचना प्रकाशित नगरिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

सार्वजनिक खरिद नियमावली २०६४ को नियम ५१ (१) मा बोलपत्र तयार गर्ने र खरिद सम्झौता गर्न आवश्यकसूचना प्राप्त बोलपत्र दाताले आफ्नै खर्चमा निर्माणस्थलको भ्रमण गराउन सक्ने व्यवस्था विपरीत गैरकानुनी लाभ प्राप्ति गर्ने र नेपाल सरकार तथा सार्वजनिक संस्थालाई हानि पुर्‍याउने बदनियतले आफ्नो जिम्मामा रहेको सम्पत्ति हिनामिना गराउने बदनियतले निर्माणस्थल भ्रमणलाई अनिवार्य शर्तको रुपमा राखेको देखिएको आयोगले जनाएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

सम्बन्धित समाचार

अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित

अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित

काठमाडौँ। आम निर्वाचनको आसपासमा करिव एक साता बिदा प(यो । सरकारले फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक...

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

काठमाडौँ। आसन्न निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकामा रहेका अधिकांश नागरिक आफ्नो गृहजिल्ला फर्किएपछि राजधानीका सडकहरु सुनसान बनेका छन् ।...

‘मतदान गर्न जान गाडी नपाएको नागरिकको गुनासो’

‘मतदान गर्न जान गाडी नपाएको नागरिकको गुनासो’

काठमाडौं। काठमाडौं उपत्यकाबाट गृहजिल्ला फर्किन खोज्ने मतदाताले मतदान गर्न घर जान खोज्दा यातायातका सवारीसाधन नपाएको गुनासो गरेका छन् ।...

उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह

उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह

काठमाडौँ। पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले उम्मेदवारको क्षमता र हैसियत जाँचेर मात्रै आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गर्नुभएको...