अर्थमन्त्री खनाल र विश्व बैंक समूहका उपाध्यक्षबीच भेटवार्ता
काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र विश्व बैंक समूहका क्षेत्रीय उपाध्यक्ष जोहानस जुटबीच सोमबार अमेरिकामा भेटवार्ता भएको छ। भेटवार्ताका क्रममा विश्वबैंकको सहयोगमा सञ्चालित कार्यक्रमका विषयमा छलफलका साथै आगामी दिनमा हुनसक्ने सहकार्य र साझेदारीको विषयमा कुराकानी भएको अमेरिकास्थित नेपाली राजदूतावासले जनाएको छ।
भेटघाटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका प्रतिनिधिहरु, मन्त्री खनालका भ्रमणदलका सदस्य, विश्व बैंकको विभिन्न परियोजनाका कर्मचारीकोसमेत सहभागिता थिए।
विश्वबैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री खनाल आइतबार वासिङ्टन डिसी पुग्नुभएको छ। रासस
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
हेलिकप्टर दुर्घटनाबारे एयर डाइनेस्टीले भन्यो : पाइलटसहित सबै ६ यात्रु सकुशल
काठमाडौं। एयर डाइनेस्टी सर्भिसको हेलिकोप्टर बुधबार खोटाङमा दुर्घटनामा परेको छ। कम्पनीका अनुसार नाइन एन-एएफक्यू दर्ता नम्बरको हेलिकोप्टर मध्याह्न ११स्५१...
खोटाङमा हेलिकप्टर दुर्घटना
काठमाडौँ। खोटाङमा केहीबेरअघि हेलिकप्टर दुर्घटना भएको छ। एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना परेको प्रहरीले जनाएको छ ।काठमाडौंबाट शव लिएर गएको...
राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुन आवश्यकः अर्थमन्त्री खनाल
काठमाडौँ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले उपलब्ध तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गरी राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । नागरिक...
सुनचाँदीको भाउ घट्यो
काठमाडौँ। नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ घटेको छ। मंगलबार प्रतितोला चार सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला...




