राजनीति

सार्वजनिक हुँदै देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज सार्वजनिक हुँदैछन्। जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते बुढानीलकण्ठ स्थित आफ्नै निवासमा कुटिएपछि सार्वजनिक रूपमा नदेखिनुभएका देउवा आज केन्द्रीय कार्य समिति बैठकमा सहभागी हुने हुनुभएको छ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुने भएको छ । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउसो १ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु हुनेछ ।

बैठकमा पेस गर्ने एजेन्डामा भने अझै सहमति जुटेको छैन । त्यसका लागि आजै बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बस्ने बताइएको छ ।

शीर्ष नेताहरूबिच लगातार छलफल हुँदै आए पनि केन्द्रीय समिति बैठकमा पेस गर्ने एजेन्डाका विषयमा सहमति जुट्न सकिरहेको छैन । एजेन्डामै सहमति नजुटेको कारण यसअघि आइतबारदेखि बस्ने भनिएको केन्द्रीय समिति बैठक आजको लागि सारिएको थियो ।

 

सम्बन्धित समाचार

दोलखामा हवाई फायर

दोलखामा हवाई फायर

दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...

बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए

बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए

काठमाडौं। झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका उम्मेदवारबालेन्द्र शाह बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको...

पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान

पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान

काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुभएको हो। गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान...

सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान

सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गर्नुभयो। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट...