अर्थ

एनआरएनए पूर्व अध्यक्ष आचार्यको रेस्टुरेन्ट लाई अवार्ड

बेलायत। गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष कुल आचार्यले बेलायतमा सञ्चालन गर्दै आएको होली काउ फाइन डाइन रेस्टुरेन्ट ‘वेष्ट रेस्टुरेन्ट अवार्ड’ जितेको छ। इङ्ल्यान्डभरका उत्कृष्ट रेस्टुरेन्टहरूबीच भएको प्रतिस्पर्धाबाट होली काउले अवार्ड जितेको हो।

उक्त अवार्ड हजारौँ ग्राहक र समर्थकले आफ्नो मनपर्ने रेस्टुरेन्टका पक्षमा दिएको भोटका आधारमा उत्कृष्ट छनोटका आधारमा प्रदान गरिएको रेस्टुरेन्ट का संस्थापक कुल आचार्यले जानकारी दिनुभयो।

अवार्ड प्राप्त भएपछि खुसी साट्दै आचार्यले भन्नुभयो “हामी अत्यन्त उत्साहित छौँ। हाम्रो यात्रामा साथ, स्नेह र भोटद्वारा सहयोग गर्ने सबै मित्र, शुभेच्छु र सहयोगीहरूलाई सम्पूर्ण ‘होली काउ’ परिवारको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।”

उहाँले यो उपलब्धीलाई नेपाली समुदायको गौरव मात्र नभई ब्रिटेनमा गुणस्तरीय सेवा र स्वादमार्फत नेपाली पहिचान स्थापित भएको प्रमाणका रुपमा लिनुपर्ने बताउनुभयो।

होली काउ रेस्टुरेन्टले लामो समयदेखि लन्डनमा उत्कृष्ट नेपाली र एशियाली स्वाद प्रदान गर्दै ग्राहकहरूको मन जित्दै आएको छ। यस अवार्डले रेस्टुरेन्टलाई अझ उत्कृष्ट सेवा र स्वादका साथ अगाडि बढ्न प्रेरणा दिएको आचार्यले विश्वास व्यक्त गर्नुभयो।

सम्बन्धित समाचार

अर्थतन्त्र सुदृढीकरणका लागि निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार छ : अर्थमन्त्री वाग्ले

अर्थतन्त्र सुदृढीकरणका लागि निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘गरिखाने मान्छेहरूको देश’का रूपमा चिनाउने गरी अर्थतन्त्रको विकास गरिने बताउनुभएको छ ।...

बालेन सरकारबाट भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रशंसनीय सुरुआत :ट्रान्परेन्सी इन्टरनेसनल

बालेन सरकारबाट भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रशंसनीय सुरुआत :ट्रान्परेन्सी इन्टरनेसनल

काठमाडौं । ट्रान्परेन्सी इन्टरनेसनल नेपालले बालेन सरकारले भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रशंसनीय सुरुआत गरेको जनाएको छ । बालेन सरकारले सार्वजनिक...

घट्यो नेप्से

घट्यो नेप्से

काठमाडौं । यो साता कारोबारको सुरुआती दुई दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो...

खरिद ऐन संशोधन र पूर्वाधार सुधारमा बालेन सरकारको पहल सकारात्मकः सिंह

खरिद ऐन संशोधन र पूर्वाधार सुधारमा बालेन सरकारको पहल सकारात्मकः सिंह

काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नवगठित बालेन्द्र साह नेतृत्वको सरकारले सार्वजनिक खरिद ऐन संशोधन गर्न देखाएको...