जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक देउवाको सम्बोधन : जेनजी आन्दोलनका क्रममा जघन्य घटना घटे
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत भदौ २३ र २४ गतेको घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। जेनजी आन्दोलनको ३४ दिनपछि पहिलोपटक सार्वजनिक हुने क्रममा कांग्रेस मुख्यालयमा केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै देउवाले यस्तो बताउनुभएको हो।
‘गत भदौ २३ गते जेनजीको शान्तिपूर्ण प्रदर्शनको क्रममा घुसपैठ भयो र प्रदर्शनले अर्कै रुप लियो, निर्दोष नवयुवकहरूको ज्यान गयो । यस घटनाले म र हामी सबैलाई अत्यन्तै मर्माहित बनाएको छ । यसले पक्कै पनि हामी सबैलाई स्तव्ध बनाएको छ,’ देउवाले भन्नुभएको छ,‘म सबैभन्दा पहिले भदौ २३ र २४ गतेको घटनामा ज्यान गुमाउनु हुने सबैमा श्रद्धाञ्जली व्यक्त गर्दछु । दु:खको यस घडीमा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । घटनामा घाइते हुनु भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’
मुलुकको विषम अवस्थामा तोडफोड, लुटपाट र आगजनीबाट खरानी भएर भग्नावशेषको रूपमा बाँकी रहेको केन्द्रीय कार्यालयमा बैठक बसेको थियो ।
थुप्रै सार्वजनिक संस्था, सम्पत्तिमा आगजनी र तोडफोड भएको भन्दै देउवाले घटनालाई इतिहासमै डरलाग्दो रूपमा लिपिबद्ध हुने जनाउनुभएको छ।
‘भदौ २४ गते बिहानैदेखि राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विभिन्न मन्त्रालयहरू, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भवन, अदालत, मालपोत कार्यालय, प्रदेश सरकारका कार्यालयहरू, प्रहरी कार्यालयहरू, स्थानीय पालिका भवनहरू, वडा कार्यालय, जस्ता जनतालाई दैनिक अति आवश्यक सेवा र सुरक्षा प्रदान गर्ने प्रशासनिक, भौतिक तथा ऐतिहासिक संरचनाहरू, राजनैतिक दलका विभिन्न कार्यालयहरू, नेताहरूको निजी घर डेरा, सञ्चार गृहलगायत व्यावसायिक तथा व्यापारिक प्रतिष्ठानहरूमा आक्रमण, तोडफोड, लुटपाट र आगजनी गरियो,’ देउवाले भन्नुभएको छ,’यसबाट अकल्पनीय जनधनको क्षति भयो । सम्भवतः यो नेपालको इतिहासमै एउटा डर लाग्दो दिनको रूपमा लिपिबद्ध हुनेछ ।’

ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
दोलखामा हवाई फायर
दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...
बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए
काठमाडौं। झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका उम्मेदवारबालेन्द्र शाह बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको...
पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुभएको हो। गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान...
सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गर्नुभयो। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट...




