विपिन जोशीको शवको डीएनए परीक्षण, चल्दैछ नेपाल ल्याउने प्रक्रिया
इजरेलमा नेपाली विद्यार्थी विपिन जोशीको शवको जाँच र त्यसबाट निकालिएको नमुनाबाट डीएनए परीक्षण गरिएको काठमाण्डूस्थित परराष्ट्र मन्त्रालय स्रोतले बीबीसीलाई बताएको छ।
“इजरेली पक्षबाट डीएनए परीक्षण भइसकेको छ। यद्यपि आधिकारिक रूपमा भन्नलाई केही प्रक्रिया पूरा गर्नुपर्ने भएर उहाँहरूले औपचारिक जानकारी दिन बाँकी छ,” स्रोतले भन्यो।
हमासले जोशीसहित चार जनाको अवशेष सोमवार इजरेली पक्षलाई हस्तान्तरण गरेको थियो। इजरेली सेनाले हमासले फिर्ता पठाएका शवमध्ये विपिन जोशीको पनि भएको पुष्टि गरेको छ। आईडीएफले गाजा युद्धको प्रारम्भिक महिनातिरै “नेपाली विद्यार्थी विपिन जोशीको बन्धक अवस्थामै हत्या भएको हुन सक्ने” जनाएको छ।
आईडीएफका अनुसार राष्ट्रिय विधिविज्ञान केन्द्रले जोशीको मृत्युको परिस्थितिसम्बन्धी परीक्षण सम्पन्न गरेपछि उनको विषयमा अन्तिम निष्कर्ष निकालिने छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




