गैरसरकारी संस्था, संघ, मठ, मन्दिर र ट्रष्टको नाममा रहेको जग्गा बिक्री नगर्न काठमाडौं प्रशासनको अनुरोध
काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले गैरसरकारी संस्था, संघ, मठ, मन्दिर र ट्रष्टको नाममा रहेको जग्गा बिक्री नगर्न/नगराउन अनुरोध गरेको छ ।
गृह मन्त्रालयको पत्रानुसार नेपालभर रहेका संघ, संस्था, मठ, मन्दिर लगायतका नाममा रहेको जग्गा तथा अचल सम्पतिको बिक्री वितरण गर्न नपाइने जिल्ला प्रशासनको सूचनामा उल्लेख छ ।
तर, यसरी बिक्री वितरण गर्न रोकिएको अवस्थामा पनि केही संस्थाहरूले जग्गा बिक्री गरेको भन्ने सूचना प्राप्त हुन आएको भन्दै प्रशासनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘काठमाडौं जिल्लाभित्रका मालपोत कार्यालयले समेत यसै सूचनालाई आधार लिई त्यस प्रकारको जग्गा बिक्री वितरण, हक हस्तान्तरण, लिखत पारितका कार्य नगर्न/नगराउनहुन जानकारी गराइनुका साथै निर्णय विपरीत जग्गा बिक्री वितरण गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइएको छ’, प्रशासनले भनेको छ।
ताजा अपडेट
-
१.
निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?
-
२.
धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश
-
३.
एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन
-
४.
नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?
-
५.
कम्बोडियामा अलपत्र १६ नेपाली नेपाल फर्काइए
ट्रेन्डिङ
सम्बन्धित समाचार
निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?
काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...
धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्च अदालतले आदेश दिएको...
एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन
काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...
हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई शर्तसहित सघाउने बताउनुभएको छ।...




