हामी चुनावको तयारीमा पनि लागिरहेका छौँ : कांग्रेस
काठमाडौँ । नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरेले नेपाली कांग्रेस निर्वाचनको तयारीमा लाग्ने बताउनुभएको छ ।
सभामुखसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बुधवार उहाँले यस्तो बताउनुभएको हो। उहाँले निर्वाचनमा जानबाट काँग्रेस पछि नहट्ने बताउनु भयो। लोकतान्त्रिक पार्टी भएकाले वर्तमान परिस्थितिमा निर्वाचनबाट भाग्ने कुरा नहुने बताउनुभयो। उहाँले सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने बताउनु भयो । उहाँले वर्तमान सरकार र संसद विघटन असंवैधानिक रहेको जिकिर गर्नुभयो । सर्वोच्च अदालतमा संसद विघटन र नयाँ सरकार गठन असंवैधानिक रहेको भन्दै १० वटा रिट परिसकेकाले सर्वोच्च अदालतको फैसला मानेर आगामी कदमहरु चाल्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिलेको परिस्थितिमा सभामुखको दायित्व र आगामी कदम कसरी अघि बढाउने भन्नेबोमा सुझाव लिनुभयो । आफ्ना दलका धारणा राख्ने अवसर दिनुभयो । वर्तमान सरकार र संसद विघटन असंवैधानिक कदम भनेका छौँ । दशैँअघि नै पार्टीको कार्य सम्पादन समितिको बैठकबाट यो असंवैधानिक कदम भएको भनिसकेका छौँ । लोकतान्त्रिक पार्टी भएको नाताले निर्वाचनबाट पछि हट्दैनौँ । सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्छौं । हामी निर्वाचनमा जानबाट पछि हट्दैनौँ । हामी निर्वाचनमा जान तयार छौँ । निर्वाचनको तयारीमा पार्टी लाग्छ ।’
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रवि चुडाल नियन्त्रणमा
काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...
निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?
काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...
धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्च अदालतले आदेश दिएको...
एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन
काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...




