मधेस प्रदेशको मुख्यमन्त्रीमा लोसपाका जितेन्द्र सोनलको दाबी पेस
काठमाडौँ । मधेस प्रदेशको मुख्यमन्त्रीमा लोसपाका उपाध्यक्ष जितेन्द्र सोनल दाबी पेस गर्नुभएको छ। नेकपा माओवादी केन्द्र, जनमत पार्टी, जसपा र एकीकृत समाजवादीको समर्थनमा उनले प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्नुभएको हो।
कांग्रेस र एमालेलाई सरकार बाहिर राखेर मधेस प्रदेशसमा सरकार गठनको प्रयास भएको हो । १०७ सदस्यीय मधेस प्रदेशसभामा हाल १०५ जना सदस्य कायम छ ।
एमालेका एक निलम्बितसहित २५, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका एक निलम्बितसहित ९, नेकपा एकीकृत समाजवादी पार्टीका ७ तथा राप्रपा, नागरिक उन्मुक्ति पार्टी र सङ्घीय समाजवादी पार्टीका १–१ जना प्रदेशसभा सदस्य छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रवि चुडाल नियन्त्रणमा
काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...
निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?
काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...
धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्च अदालतले आदेश दिएको...
एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन
काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...




