खेलकुद

विश्वकपमा छनोट भइसकेको नेपालको ओमानविरुद्ध पनि अपराजित, शृंखला हत्याउने प्रवल सम्भावना

काठमाडौँ। २०२६ माहुने आईसीसी टी २० विश्वकपमा छनोट भइसकेको नेपालले घरेलु टोली ओमानविरुद्ध शानदार जित निकालेको छ।

आईसीसी टी २० विश्वकप छनोटअन्तर्गत सुपर सिक्समा नेपालसँग पराजित भएपछि ओमानको अपराजित यात्रामा पूर्णविराम लागेको छ।

बुधबार भएको खेलमा नेपालले ओमानलाई ३८ रनले हराएको हो। योसँगै नेपालले छनोटमा अपराजित यात्रालाई कायम राखेको छ।

जितसँगै ४ खेलबाट नेपाल ८ अंक बटुलेको नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। समान खेलबाट ६ अंक भएको ओमान दोस्रो स्थानमा झरेको छ। ४ खेलबाट ४ अंक भएको यूएई तेस्रो छ।

नेपालले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १३ रन मात्र बनाउन सक्यो।

ओमानलाई रोक्न नेपालका लागि गुल्सन झाले तीन विकेट लिए। सोमपाल कामी र नन्दन यादवले समान २ विकेट झारे। सन्दीप लामिछानेको नाममा एक विकेट रह्यो।

ओमानका लागि विनायक शुक्लाले ३२ र मोहम्मद नदिमले २५ रन बनाए। कप्तान जितेन्द्र सिंहले १४ रन बनाए। आर्यन विष्टले ११ रन थपे।

त्यसअघि ओमानको अल एमिरेट क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५१ रनको योगफल तयार पारेको थियो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६९ रनको योगदान दिए। उनले ५१ बलमा ७ चौका र १ छक्का प्रहार गर्दा जितेन रामानन्दीको बलमा एलबीडब्लु धरापमा परे।

पहिलो विकेटका लागि कुशल र आशिफ शेखले ७।३ ओभरमा ६१ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए।

अर्का ओपनर आशिफ शेख २० बलमा २ चौका र १ छक्का सहयोगमा २४ रन बनाउँदा नदिम खानको बलमा बोल्ड आउट भए।

गुल्सन झा १० बलमा २ छक्का सहयोगमा १८ रन बनाउँदा क्याच आउट हुन पुगे। १५ बलमा ३ चौका सहयोगमा १६ रन बनाएका मोहम्मद आदिल आलम सुफयान मेहमुदको बलमा क्याच आउट हुन पुगे।

कुशल मल्ल ७ रन बनाउँदा नदिम कै बलमा क्याच आउट हुन पुगे। कप्तान रोहित पौडेल १ बलमा नदिम खान कै बलमा बोल्ड आउट भए। नन्दन यादव ९ रन बनाउँदा रन आउट हुन पुगे।

अलराउण्डर दिपेन्द्र सिंह ऐरि २ रन बनाउँदा नदिम खानको बलमा एलबीडब्लू धरापमा परे। लोकेश बम शून्य रनमा नै पेभेलियन फर्के। सोमपाल कामी १ रनमा अविजित रहे।

ओमानका लागि नदिम खानले सर्वाधिक ४ विकेट लिए। उनले आफ्नो स्पेलमा २० रन दिदा ४ विकेट झारे। सुफयान मेहमुद र जितेन रमानन्दीले समान २ विकेट झारे।

यसअघि आज नै भएको सुपर सिक्सको खेलमा कतारले जापानलाई ३ विकेटले तथा यूएईले सामोयालाई ७७ रनले हराएपछि नेपाल र ओमान दुई खेलअघि नै विश्वकपका लागि छनोट भइसकेका छन्।

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...