भारतको राजस्थानमा बसमा आगलागी हुँदा २० जनाको मृत्यु
पश्चिमी भारतको राजस्थान राज्यमा एक निजी बसमा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
राजस्थानको राजधानी जयपुरबाट लगभग ५ सय ४८ किलोमिटर पश्चिममा रहेको जैसलमेर जिल्लाको थैयत गाउँ नजिकै सडकमा गुडिरहेको बसमा आगलागी भएको थियो ।
अधिकारीहरूले ५७ जना यात्रु बोकेको बस राजमार्गमा रहेको बेला पछाडिको भागबाट धुवाँ निस्कन थालेको बताएका छन् । चालकले बस रोके तर केही समयमै बस आगोले जल्यो । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । आगलागीको कारण तत्काल खुल्न सकेको छैन ।
यद्यपि प्रहरीले गाडी भित्र सर्ट सर्किट भएर आगलागी भएको हुनसक्ने अनुमान गरेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




