पाकिस्तान र अफगानिस्तानबीच युद्धविराम लागू
पाकिस्तान र अफगानिस्तानले बुधवार दुई पक्षबीच युद्धविरामको घोषणा गर्न छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका छन् । जुन लागू भएको छ । पाकिस्तानको विदेश कार्यालयले बुधवार भनेको छ कि अफगानिस्तान पक्षको अनुरोधमा, पाकिस्तान र अफगानिस्तान सीमा तनाव कम गर्न ४८ घण्टाको अस्थायी युद्धविराममा सहमत भएका हौँ ।
यस अवधिमा दुवै पक्षले रचनात्मक वार्तामार्फत यो जटिल तर समाधान गर्न सकिने मुद्दाको सकारात्मक समाधान खोज्न इमान्दार प्रयास गर्नेछन् । अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सोही दिन सामाजिक सञ्जालमा घोषणा अफगानिस्तान र पाकिस्तानबीच युद्धविराम लागू गरिने घोषणा गर्नुभयो ।
मुजाहिदले पाकिस्तानी पक्षको अनुरोध र जोडमा दुई देशबीच बुधवारदेखि युद्धविराम लागू हुने बताउनु भयो । अफगान सरकारले आफ्ना सबै सेनालाई अर्को पक्षले कुनैपनि आक्रमण नगरेसम्म युद्धविराम पालना गर्न निर्देशन दिएको छ । दुई देशबीच सीमापार गोलीबारी भएको केही दिनपछि यो घोषणा आएको हो ।
सुरक्षा बलका स्रोतहरूकाअनुसार पाकिस्तानी सुरक्षा बलले मंगलवार बिहान अफगानिस्तानको कान्दाहार र काबुल प्रान्तका विभिन्न लक्ष्यहरूमा आक्रमण गरेको थियो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




