राजनीति

पार्टीभित्रका केही व्यक्तिलाई मन नपर्दैमा मैले अध्यक्ष पद त्याग्ने भन्ने हुँदैन : राजेन्द्र लिङ्देन

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले विशेष महाधिवेशन हस्ताक्षरसहितको माग आएमा अध्यक्ष पद छाड्न तयार रहेको बताउनुभएको छ ।

राप्रपाको केन्द्रिय कार्य सम्पादन समितिको बुधवार बसेको बैठकका निर्णय सार्वजानिक गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले विशेष महाधिवेशनको लागि २५ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर जुटाउन पार्टीभित्रका असन्तुष्ट पक्षलाई चेतावनी समेत दिनुभयो । राप्रपामा ४६ सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि रहेको उहाँको भनाई छ । आफ्नो योग्यता, कार्यक्षमता माथि प्रश्न उठाएर १३ सय महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गरे महाधिवेशन बोलाएर अध्यक्षको पद पनि हस्तान्तरण गर्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टीमा कुनै पनि अध्यक्ष हट्ने भन्ने प्रक्रियाको कुरा हुन्छ । अब हाम्रो पार्टीमा अध्यक्ष हटाउनको लागि पार्टीको विशेष महाधिवेशन बोलाउन प¥यो । हाम्रो पार्टीमा महाधिवेशन प्रतिनिधको संख्या ४६ सयको हाराहारीमा छ । भनेपछि २५ प्रतिशतले विशेष महाधिवेशनको माग गर्नुपर्छ । त्यो भनेको झन्डै साँढे १२ सय १३ सय हाराहारी महाधिवेशन प्रतिनिधिको हस्ताक्षर हुन आउँछ । मैले त त्यस्तो महाधिवेशन प्रतिनिधिको माग आयो भने मेरो योग्यतामाथी, कार्यक्षमता माथि प्रश्न उठाएर त्यति साथीहरुको हस्ताक्षर आयो भने महाधिवेशन पनि बोलाइदिन्छु, अध्यक्षको पद पनि कसलाई जिम्मा लगाउनुपर्ने हो लगाईदिन्छु ।’

उहाँले केही व्यक्तिलाई मन नपरेको भरमा भने पार्टी अध्यक्ष छोड्न नसक्ने बताउनुभयो । राप्रपाका महामन्त्रीद्वय धवलशमशेर जबरा र कुन्ती शाहीले अध्यक्ष राजेन्द्र लिङदेनको कार्यशैलीमाथी प्रश्न उठाउँदै आउनुभएको छ । अध्यक्ष लिङदेनले उहाँहरुलाई २५ प्रतिशत महाधिवेशनको हस्ताक्षर जम्मा गर्न चुनौती दिनुभएको हो ।

सम्बन्धित समाचार

रवि चुडाल नियन्त्रणमा

काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

काठमाडौँ।  निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...

धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश

धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्च अदालतले आदेश दिएको...

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...