बाढीले झापामा पाँच करोडभन्दा बढीको धान नष्ट
झापा। असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले झापामा करिब पाँच करोड रुपैयाँ बराबरको धानबाली नष्ट गरेको छ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार बाढीले ४६३ दशमलव ४२ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली पूर्णरूपमा नष्ट गरेको हो। यसबाट ७०३ कृषकको करिब रु ५ करोड ७५ लाख २३ हजार बराबरको १ हजार ६४४ दशमलव ३३ मेट्रिक टन धान क्षति पुगेको छ।
“बाढीले अन्य कृषिबालीमा पनि असर गरेको छ, तर सबैभन्दा ठूलो क्षति धानमा पुगेको छ,” प्रमुख विष्टले भन्नुभयो, “पाक्न लागेको धान बगाउँदा किसानको बिचल्ली भएको छ।”
वर्षाका कारण कनकाई र विरिङ नदीमा आएको बाढीले धेरै खेत बगाएको र गौरीगञ्ज, झापा गाउँपालिका, भद्रपुर, कनकाई, शिवसताक्षी र गौरादह नगरपालिकामा व्यापक क्षति पुगेको जनाइएको छ।
विशेषगरी झापा गाउँपालिकामा बढी क्षति भएको कार्यालयले जनाएको छ। सो पालिकाको वडा नं १, २ र ३ का ४३१ किसानको करिब रु ५ करोड १४ लाख ४७ हजार बराबरको धान, आलु र केरा नष्ट भएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो
वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...
कति छ विदेशी मुद्राको विनिमय दर?
काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...
सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...




