श्रीलङ्काकी प्रधानमन्त्री अमरसुरिया भारत भ्रमणमा
नयाँ दिल्ली। श्रीलङ्काकी प्रधानमन्त्री हरिनी अमरसुरिया पदभार ग्रहण गरेपछि पहिलो भारत भ्रमणका लागि बिहीबार नयाँ दिल्ली आइपुग्नु भएको छ।
विदेश मन्त्रालयका अनुसार भ्रमणले दुई देशबिचको नियमित, घनिष्ठ र बहुआयामिक मित्रता बलियो बनाउनेछ। भ्रमणको क्रममा अमरसुरियाले आपसी हितका द्विपक्षीय मुद्दामा छलफलका लागि भारतीय राजनीतिक दलका नेताहरूसँग भेटघाट गर्नेछिन्। त्यसैगरी, उनले एनडिटिभी र चिंतन रिसर्च फाउन्डेसनको संयुक्त कार्यक्रममा ‘एनडिटिभी वर्ल्ड समिट’ सम्बोधन गर्ने कार्यक्रम तय छ।
श्रीलङ्काका प्रधानमन्त्री र शिक्षा मन्त्रीसमेत रहेका अमरसुरियाले शिक्षा र प्रविधि क्षेत्रमा सहकार्यका अवसर पत्ता लगाउन इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) दिल्ली र नीति आयोग भ्रमण गर्ने विदेश मन्त्रालयले जनाएको छ।
दिल्ली विश्वविद्यालयको हिन्दू कलेजकी पूर्व छात्रा अमरसुरियाले आफ्नो अल्मा मेटर भ्रमण गर्ने र दुई देशबीचको व्यावसायिक सम्बन्ध सुदृढ पार्न एक व्यापारिक कार्यक्रममा पनि भाग लिने योजना रहेको छ।
यस भ्रमणले उच्चस्तरीय आदान–प्रदानको परम्परालाई निरन्तरता दिँदै भारत–श्रीलङ्का सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।
अक्टोबर २ मा अमरसुरियाले कोलम्बोमा भारतीय उच्चायुक्त सन्तोष झासँगै प्रधानमन्त्री कार्यालयस्थित महात्मा गान्धीको मूर्तिमा पुष्पाञ्जलि अर्पण गर्नुभएको थियो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




