राजनीति

एमाले केन्द्रीय कमिटी बैठक: दुई दिनमा १ सय ८४ जनाले राखे धारणा

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकको दोस्रो दिन १ सय ३४ जना केन्द्रीय सदस्यहरूले धारणा राख्नुभएको छ।
बुधबारबाट सुरु भएको बैठकको पहिलो दिन ५० जना सदस्यहरूले आफ्ना धारणा राख्नुभएको हो। दुई दिनमा कुल १ सय ८४ जना केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो।

उहाँका अनुसार केन्द्रीय समितिका ३ सय ६७ जना केन्द्रीय सदस्यहरू रहेकोमा १ सय ८४ जना केन्द्रीय सदस्यहरूले धारणा राख्नुभएको छ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीले राख्नुभएको राजनीतिक प्रतिवेदनमाथि आफ्ना राय राखेका उहाँले बताउनुभयो।

प्रस्तुत रायहरूमा संविधानको रक्षा, जनाधिकारको रक्षाका लागि प्रतिनिधि सभाको पुनःस्थापना गर्नुपर्ने, पुनःस्थापना गर्दा संविधान, लोकतान्त्रिक गणतन्त्रात्मक पक्षधर शक्तिहरूलाई एक ठाउँमा ल्याएर उनीहरूको समेत सहभागितामा व्यापक जनपरिचालनको माध्यमबाट निर्णयमा पुर्‍याउनुपर्ने विषय उठेको बताउनुभयो।

अहिलेको समयमा सबैभन्दा सरल, सहज र संविधानलाई ट्रयाकमा ल्याउने, जनाधिकार, लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने एक मात्र सहज बाटो संसद् पुनःस्थापनाको बाटो हुने निष्कर्षतर्फ कमिटी अघि बढिरहेको बताउनुभयो।

सरकारले निर्वाचन घोषणा गरेको सन्दर्भमा निर्वाचन आयोगले राजनीतिक दलहरूलाई बोलाएकोमा ७ बुँदामा केन्द्रित रहेर सरकारलाई निर्वाचनको वातावरण बनाउन अपिल गरेको बताउनुभयो।

निर्वाचनमा भाग नै नलिने कुरा एमालेले नगरेको भन्दै निर्वाचनको वातावरण सरकारले बनाउन नसकेको बताउनुभयो।

सरकारले राजनीतिक दलहरूलाई निषेध गर्ने, राजनीतिक दलका नेताहरूमाथि झमेला लगाउने, धाकधम्की दिने र सीमा निर्धारण गर्ने जस्ता कामले निर्वाचनको वातावरण नबनेको बताउनुभयो।

 

 

सम्बन्धित समाचार

रवि चुडाल नियन्त्रणमा

काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

काठमाडौँ।  निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...

धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश

धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्च अदालतले आदेश दिएको...

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...