विश्वकप छनोटको उपाधिका लागि सामोआसँग भिड्दैछ नेपाली क्रिकेट टोली
काठमाडौँ। ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरको सुपर सिक्स चरणको अन्तिम खेलमा नेपाल आज सामोआसँग भिड्दैछ। यसअघि नै भारत र श्रीलंकामा हुने आगामी वर्षको आइसिसी टी–२० विश्वकपमा स्थान सुनिश्चित गरिसकेको नेपाल अब छनोटको उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिँदैछ।
बुधबार राति बलियो टिम ओमानलाई ३८ रनले पराजित गरेपछि नेपालको उपाधि सम्भावना अझ प्रबल बनेको हो। सुपर सिक्समा नेपाल ८ अंकसहित शीर्ष स्थानमा रहेको छ। दोस्रो र तेस्रो स्थानमा रहेका यूएई र ओमानका ६–६ अंक छन्। यूएईले सबै खेल सकिसकेको छ भने ओमानले आजै जापानसँग अन्तिम खेल खेल्दैछ।
नेपालले आज सामोआलाई पराजित गर्न सके अपराजित रहँदै १० अंकसहित छनोटको उपाधि जित्नेछ। सुपर सिक्सबाट नेपालसँगै ओमान र यूएई विश्वकपका लागि छनोट भइसकेका छन्। नेपाल र ओमान दुई खेल अगावै विश्वकप पुगिसकेका हुन् भने जापान, कतार र सामोआ प्रतियोगिताबाट बाहिरिइसकेका छन्।
आजको खेल नेपालका लागि फाइनल समान महत्वको छ। शीर्षस्थानमा रहेको नेपालको लक्ष्य पहिलो पटक छनोटको उपाधि उचाल्ने रहेको कप्तान रोहित पौडेलले बताउनुभएको छ। उहाँले ओमानमाथिको जितपछि विश्वकप खेल्ने सपना पूरा भएको उल्लेख गर्दै अब उपाधि जित्न चाहेको बताउनुभएको थियो।
नेपाल र सामोआबीचको खेल शुक्रबार दिउँसो ४:१५ बजे ओमानमै हुनेछ। नेपालले जिते उपाधि निश्चित हुनेछ। तर, नेपाल पराजित भई ओमानले जापानलाई हराएमा रनरेटका आधारमा उपाधि निर्धारण हुनेछ। यदि ओमान जापानसँग पराजित भयो भने सामोआसँगको खेलको नतिजा आउनु अघि नै नेपाल उपाधि विजेता बन्नेछ। जापान र ओमानबीचको खेल आज बिहान ११:४५ बजे सुरु हुँदैछ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...




