आजको तस्बिर

सरकारको प्रमुख प्राथमिकता निर्वाचन सम्पन्न गराउनु होः प्रधानमन्त्री कार्की

काठमाडौं। प्रधानमन्त्री सुशील कार्कीले वर्तमान सरकारको प्रमुख प्राथमिकता तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनु रहेको बताउनुभएको छ ।

शुक्रबार अपरान्ह सिंहदरवारमा नेपालस्थित विभिन्न देशका राजदुत तथा कुटनीतिक नियोग प्रमुखहरुसँग पहिलो पटक सामुहिक भेटगरी उहाँले आफू नेतृत्वको अन्तरिम सरकारको कामको प्राथमिकताबारे ब्रिफिङ गर्नुभएको हो । परराष्ट्रमन्त्रीको समेत कार्यभार सम्हालिरहनुभएकी प्रधानमन्त्री कार्कीले नेपालको विदेश सम्बन्ध र त्यसका नीतिका बारेमा पनि आफ्नो धारणा राख्नुभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो ।

त्यस अवसरमा प्रधानमन्त्री कार्कीले निर्वाचनमा सहयोगको अपेक्षा गरिएको पनि बताउनु भएको थियो । उहाँले निर्वाचनमा अन्तर्राष्ट्रिय पर्यवेक्षक परिचालन र विदेशमा रहेका सबै नेपालीहरुलाई पनि मतदानमा सहभागी गराउने विषयमा पनि छलफल भइरहेको बताउनुभएको थियो ।

फागुन २१ गतेको निर्वाचनमा विदेशमा रहेका सबै नेपाली नागरिकलाई मतदानमा भाग लिन लगाउने विषयमा पनि आफूले छलफल गरिरहेको कुरा पनि प्रधानमन्त्री कार्कीले राजदुतहरुसँग गर्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

‘यो डिभ्लोम्याटिक ब्रिफिङ कार्यक्रम हो । यसमा मूलत उहाँले यो सरकारको प्रमुख प्राथमिकता भनेको चुनाव हो । र चुनावको साथसाथै अन्य प्राथमिकताहरु सरकारले तया गरेको छ । त्यसको बारेमा जानकारी गराउनु भयो । अर्को कुरा विदेश सम्बन्ध र परराष्ट्र नीतिका विषयमा पनि उहाँले केही जानकारी गराउनु भयो । र यो पहिलो ब्रिफिङ हो । एक किसिमले परराष्ट्रमन्त्रीको हैसियतले उहाँले यो ब्रिफिङ गर्नुभएको हो,’ प्रवक्ता क्षेत्रीले भन्नुभयो।

प्रधानमन्त्री कार्कीसँगको भेटमा नेपालस्थित विभिन्न देशका राजदुत र कुटनीतिक नियोगका प्रतिनिधिहरु सहभागी भएका थिए । —न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

भाले चिराइतो

भाले चिराइतो

ताप्लेजुङको मैवाखोला गाउँपालिका क्षेत्रमा पर्ने तीनजुरे–मिल्के क्षेत्रबाट सङ्कलन गरी बिक्रीका लागि तयारी अवस्थामा राखिएको भाले चिराइतो । तस्बिरः दिलकुमार...

उम्मेदवारको पदचाप : घरदैलो पुगिरहेका रवीन्द्र मिश्र

उम्मेदवारको पदचाप : घरदैलो पुगिरहेका रवीन्द्र मिश्र

काठमाडौँ। राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र यसपटक पनि काठमाडौँ १ बाट उम्मेदवार छन्। उनी यसअघि २ पटक सोही क्षेत्रबाट...

माघे संक्रान्तिको मीठासः चाकुको स्वादिलो यात्रा (फोटो फिचर)

माघे संक्रान्तिको मीठासः चाकुको स्वादिलो यात्रा (फोटो फिचर)

काठमाडौं। नेपालको हिमाली र पहाडी भेगमा माघे संक्रान्ति जाडो यामको अन्त्य र बसन्तको आगमनको सङ्केत मानिन्छ। यो पर्वमा चाकुको...

नमूना मतपत्र

नमूना मतपत्र

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड भक्तपुरमा प्रत्यक्षतर्फको नमुना मतपत्र छाप्दै कर्मचारीहरु तस्बिरहरू...