अर्थ
३१ असोज २०८२ १७:०७
खबर सेवा · More from author
त्रिवि क्रिकेट रङ्गशालाका निर्माणमा १० अर्ब लाग्ने
खबर सेवा
काठमाडौँ, ३१ असोजः सरकारले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान आयोजनाको गुरुयोजना स्वीकृत गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा निर्धारण गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले सहरी विकास मन्त्रालयको प्रस्तावमा क्रिकेट मैदानको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको हो । गुरुयोजनाबमोजिम क्रिकेट मैदानका लागि करिब रु १० अर्ब लाग्ने अनुमान गरिएको छ ।
सहरी विकासमन्त्री कुलमान घिसिङले रङ्गशाला नेपालकै पहिलो अन्तरराष्ट्रिय क्रिकेट मैदान भएको र अन्तरराष्ट्रिय खेल तथा पर्यटन प्रवद्र्धनमासमेत यसको योगदान हुने उल्लेख गर्नुभयो ।
घिसिङले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा जग्गासम्बन्धी सम्झौता, वातावरणीय प्रभाव मूल्याङ्कनलाई अन्तिम रुप दिने र गुरुयोजनाबमोजिम रङ्गशाला विस्तारका लागि दोस्रो चरणको निर्माणका लागि ‘टेण्डर प्रक्रिया’ अगाडि बढाउन मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भएको बताउनुभयो ।
केही दिनअघि रङ्गशालाको पहिलो चरणको निर्माणबारे स्थलगत निरीक्षणमा जानुभएका मन्त्री घिसिङले गुरुयोजनाबमोजिम भइरहेको निर्माण कार्यलाई राष्ट्रिय प्राथमिकतामा राखी बजेट अभाव हुन नदिनेगरी रङ्गशाला विस्तारको दोस्रो चरण अगाडि बढाइने बताउनुभएको थियो ।
हाल रङ्गशालाको पहिलो चरणका संरचना निर्माणाधीन छन् । आगामी मङ्सिर १ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) भन्दाअगावै रङ्गशाला निर्माण सम्पन्न गर्नेगरी काम धमाधम भइरहेको छ ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...
२९ फागुन २०८२ १८:००
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
२९ फागुन २०८२ १७:००
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
२९ फागुन २०८२ १६:५३
पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट
काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...
२९ फागुन २०८२ १३:३५




