राजनीति

जनमत पार्टी फुटाउने निर्णय नगर्न सर्वोच्चको अल्पकालीन आदेश

काठमाडौं।  हालै विभाजित भएको सीके राउत नेतृत्वको जनमत पार्टी फुटाउने निर्णयमा सर्वोच्च अदालतले तत्काललाई रोक लगाएको छ । अदालतले राउत नेतृत्वको जनमत पार्टी फुटाएर जनस्वराज पार्टी (जस्वपा) दर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न निर्वाचन आयोगलाई अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । शुक्रबारको इजलासले निर्णय आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको हो ।

निर्वाचन अयाोगले २८ असोजमा जनमत पार्टी विभाजन गर्ने १४ जना केन्द्रीय सदस्यले निवेदन दिएको जस्वपा पार्टी दर्ता गर्ने निर्णय गरेको थियो ।

आयोगको उक्त निर्णयविरुद्ध अध्यक्ष राउत अदालतमा रिट लिएर जानुभएको थियो । राउतको उत्प्रेषणसमेतको रिटमा आदेश सुनाउँदै न्यायाधीश श्रेष्ठले १७ कात्तिकमा छलफलका लागि बोलाउनुभएको छ।

सम्बन्धित समाचार

रवि चुडाल नियन्त्रणमा

काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

काठमाडौँ।  निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...

धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश

धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्च अदालतले आदेश दिएको...

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...