खेलकुद

झनै खस्कियो नेपाली पुरुष फुटबल टोलीको वरीयता

काठमाडौं । फिफा वरियतामा नेपाली पुरुष फुटबल टोली ४ स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपाल १८०औं स्थानमा खस्किएको हो ।

नेपालले गएको ९ अक्टोबर र १४ अक्टोबरमा भियतनामसँग एसियन कप छनोट खेलेको थियो जहाँ दुवै खेलमा पराजित भएको थियो ।

दक्षिण एसियाको शीर्षमा रहेको भारतको वरियता पनि खस्किएको छ। भारत २ स्थान तल झर्दै १३६औं स्थानमा पुगेको छ भने भुटान ३ स्थान खस्किएर १८९औं स्थानमा पुगेको छ ।

बंगलादेश १ स्थान माथि उक्लिएर १८३औं स्थानमा पुग्दा माल्दिभ्स २ स्थान तल झर्दै १७३औं स्थानमा पुगेको छ । श्रीलंका ४ स्थान माथि उक्लिएर १९३औं स्थानमा छ ।

शीर्ष वरियतामा स्पेन कायमै रहँदा अर्जेन्टिना तेस्रोबाट दोस्रोमा उक्लिएको छ । फ्रान्स तेस्रोमा झरेको छ ।

 

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...