दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणः एक जनाको मृत्यु
काठमाडौँ । दक्षिणी लेबनानमा रहेको हेजबुल्लाहको अड्डाहरूमा इजरायली हवाई आक्रमणको शृङ्खलावद्ध घटनामा बिहीवार एक जनाको मृत्यु भएको छ । साथै अन्य सात जना घाइते भएको स्वास्थ्य मन्त्रालयको आपतकालीन सञ्चालन केन्द्रले जनाएको छ ।
केन्द्रले एक विज्ञप्तिमा पूर्वी शहर श्मस्टारमा एक जनाको मृत्यु, सिदोन जिल्लाको बनाफौलमा एक जना घाइते र नाबाटिएह जिल्लाको अन्सारमा ६ जना घाइते भएको जनाएको छ । आधिकारिक राष्ट्रिय समाचार एजेन्सीले इजरायलले स्थानीय समयअनुसार राति ९ बजेतिर दक्षिणी लेबनानको अन्सार सिनय र बास्फोर गाउँहरू बीचको वादी बास्फोरमा रहेको कंक्रीट मिक्सिङ प्लान्ट र खानीमा हवाई आक्रमण गरेको जनाएको छ ।
लेबनानी सेनाको गुप्तचर स्रोतले बताएअनुसार इजरायली वायुसेनाले दक्षिणी र पूर्वी लेबनानमा रहेको हेजबुल्लाहको अड्डाहरूलाई लक्षित गरी ३१ वटा आक्रमण गरेको छ । नोभेम्बर २७, २०२४ देखि इजरायल र हिज्बुल्लाह बीच अमेरिका र फ्रान्सेली मध्यस्थतामा युद्धविराम भएको छ ।
जसले अक्टोबर २०२३ मा शुरु भएको गाजा युद्धसँग सम्बन्धित महिनौंसम्म सीमापार झडपहरूको अन्त्य गरेको छ । यद्यपि इजरायलले लेबनानमा आवधिक हमलाहरू शुरु गर्न जारी राखेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




