समाचार

तिहार नजिकिएसँगै राजधानीका बत्ती व्यवसायीहरू उत्साहित

काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै राजधानीका बत्ती व्यवसायीहरूले व्यापार वृद्धिमा आशा जगाएका छन् । तिहार नजिकिएसँगै नेपालको राजधानी काठमाडौंमा झिलिमिली बत्तीहरूको व्यापार तातिएको छ ।

यो चाडलाई उज्यालोको पर्व पनि भनिन्छ । जसमा घरआँगन उज्यालो पार्नका लागि विभिन्न प्रकारका विद्युतीय बत्तीहरूको माग बढ्छ । विशेष गरी लक्ष्मी पूजाको दिन घर झिलिमिली बनाउने प्रचलनले गर्दा बत्ती व्यवसायीहरूले यो मौसमलाई सुनौलो अवसर ठानेका छन् । उनीहरू यो वर्ष पनि राम्रो आम्दानी हुनेमा आशावादी छन् ।

उज्यालो र समृद्धिको प्रतिक तिहारमा रंगीचंगी बत्ति तथा सजावट सामग्रीको माग चुलिने भएकाले व्यवसायीहरू झिलिमिली बत्तीमा लगानी गर्न र व्यापार गर्न व्यस्त भएका हुन् । तिहारका पाँच दिनमा घर, कार्यालय, मन्दिर र सार्वजनिक स्थलहरू बत्तीले झलमल्ल पार्ने परम्पराले बत्तीको माग उच्च हुन्छ ।

नकारात्मक शक्ति टाढा राख्ने विश्वासमा बालिने यी बत्तीहरूको सांस्कृतिक तथा धार्मिक महत्व छ । यस वर्ष विशेषगरी ऊर्जा वचत गर्ने एलईडी र सोलार बत्तीको माग बढेको व्यापारीहरुको भनाइ छ । नयाँ व्यवसायी ज्याकिर हुसेनकाअनुसार दैनिक १५ सयदेखि २० हजार रुपैयाँको व्यापार भइरहेको छ ।

‘यो वर्ष पहिलो पटक बत्ती व्यवसाय शुरु गरेको हुँ । बजार मागअनुसार राम्रो आम्दानी भए अर्को वर्ष फूलमाला र अन्य सजावट विस्तार गर्छु ।’ उहाँले भन्नुभयो।

लामो समयदेखि व्यवसाय सञ्चालन गर्दै आउनुभएकी सरिता सोनीले गत वर्ष तिहारमा १ देखि २ लाख रुपैयाँको कारोबार गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘यो वर्ष अझ बढ्ने आशा छ । १ सय ५० देखि ३ हजार रुपैयाँसम्मका बत्ती राखेका छौं । जसले मध्यम वर्गका ग्राहकलाई लक्षित गर्छ ।’

तिहारले सयौं अस्थायी रोजगारी सिर्जना गर्दछ । सिजनल कामदार, ट्रान्सपोर्टर र स्टोर कर्मचारीहरूले थप आम्दानीको अवसर पाउँछन् । बजारमा माइनबत्ती, विद्युतीय र वातावरणमैत्री बत्तीको मागले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाएको छ । व्यवसायीहरूकाअनुसार तिहारपछि पनि पर्यटकीय सिजनमा बत्तिको माग कायम रहने भएकाले सकारात्मक संकेत छ । —न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

तनहुँमा ट्याक्टर र माइक्रो बस दुर्घटनाः बालकको मृत्यु, १० जना घाइते

तनहुँमा ट्याक्टर र माइक्रो बस दुर्घटनाः बालकको मृत्यु, १० जना घाइते

तनहुँ। तनहुँका छुट्टाछुट्टै स्थानमा भएका दुई सवारी दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ भने १० जना घाइते भएका...

काठमाडौँमा सवारी दर्ता बिलबुक अनियमितता, १६ जना पक्राउ

काठमाडौँमा सवारी दर्ता बिलबुक अनियमितता, १६ जना पक्राउ

काठमाडौँ। काठमाडौँस्थित विभिन्न यातायात कार्यालयहरूमा सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरी सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्‍याउने र सेवा ग्राहीहरूलाई...

कस्तो रहला आजको मौसम?

कस्तो रहला आजको मौसम?

काठमाडौँ। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...

मुगुमा ४.० म्याग्निच्युडको भूकम्प

मुगुमा ४.० म्याग्निच्युडको भूकम्प

काठमाडौँ। मुगु जिल्लाको धैनाकोट आसपास केन्द्रविन्दु बनाएर बुधबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...