अर्थ

सरकारले पूरा गर्न सकेन लक्ष्यअनुसारको खर्च

काठमाडौं। सरकारले लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकेको पाइएको छ।

अर्थ मन्त्रालयका अनुसार असोजमा १ खर्ब ३ अर्ब ७ करोड राजस्व संकलनको लक्ष्य राखिएकोमा असोज मसान्तसम्म ९२ अर्ब ४७ करोड रूपैयाँ राजस्व उठेको छ । जुन लक्ष्यको ८९.७१ प्रतिशत हो ।

असोज ३१ गते मात्र ८ अर्ब ६ करोड राजस्व संकलन भएको छ ।आर्थिक वर्ष ०८२/८३ मा राजस्व संकलनको वार्षिक लक्ष्य १४ खर्ब ८० अर्ब रहेको छ । असोजसम्मको लक्ष्य चाहिँ ३ खर्ब २१ अर्ब ५३ करोड थियो ।

तर, असोज ३१ सम्मको जम्मा संकलन २ खर्ब ५१ अर्ब १८ करोड रूपैयाँ रहेको अर्थ मन्त्रालयले जनाएको छ । जुन लक्ष्यको ७८.१२ प्रतिशत हो ।

आर्थिक वर्ष २०८१/८२ को वार्षिक लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रहेको थियो । उक्त वर्ष असोजसम्मको लक्ष्य ३ खर्ब ९ अर्ब ९३ करोड थियो ।

मन्त्रालयका अनुसार अघिल्लो वर्ष असोज ३१ गतेसम्मको जम्मा संकलन २ खर्ब ५३ अर्ब १ करोड र असोज महिनाको संकलन ८३ अर्ब ५० करोड थियो ।

 

सम्बन्धित समाचार

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...

कति छ विदेशी मुद्राको विनिमय दर?

कति छ विदेशी मुद्राको विनिमय दर?

काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...