एसियाली ‘युथ गेम्स’मा नेपालका सात खेलाडी सहभागी
काठमाडौं। तेस्रो एसियाली ‘युथ गेम्स’मा नेपालबाट विभिन्न पाँच खेलमा सात खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। यो प्रतियोगिता बहराइनमा कात्तिक ५ देखि १४ गतेसम्म सञ्चालन हुने छ। नेपालबाट ब्याडमिन्टन, गल्फ, जुडो, मुवाँथाई र पौडी गरी पाँच खेलमा सहभागीता रहनेछ।
नेपालको तर्फबाट ब्याडमिन्टनमा सविना श्रेष्ठ, गल्फमा रुवेन थापा, जुडोमा समिता नेपाली, मुवाँथाईमा पलेस्था कक्षपति र गेन्जी राई, तथा पौडीमा अथर्व सिंह र आर्या महर्जन प्रतिस्पर्धा गर्ने छन्।
टोलीका अफिसियल प्रतिनिधिमा तिलक पाण्डे (ब्याडमिन्टन), ध्रुवबाबु थापा (गल्फ), देवकीमाया श्रेष्ठ (जुडो), भूपेश शाक्य (मुवाँथाई) र नयना शाक्य (पौडी) रहेका छन्।
टोलीलाई शुक्रबार यहाँ आयोजित बिदाइ समारोहका क्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सहसचिव तथा राखेपका सदस्य रामचरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई र राष्ट्रिय टोली तयारी समितिका निर्देशक दीपक विष्टले सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो।
राखेपका अनुसार मुवाँथाई टोली भोलि बहराइन प्रस्थान गर्ने कार्यक्रम छ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...




