अर्थ

तिहार महँगियो फूल

काठमाडौँ। यसपालीको तिहारमा फूल महंगो भएको उपभोक्ताहरुले गुनासो गरेका छन् । विदेशी फूल आयातमा रोक लगाएपछि फूल महंगो हुन पुगेको हो । बजारमा पर्याप्त फूल नभएको कारण महंगो हुन पुगेको उपभोक्ताहरुको गुनासो छ ।

गत वर्षहरुमा झुप्पाको ८ सय रुपैयाँमा किन्ने गरेको फूल अहिले एउटैको १ हजार २ सय रुपैयाँसम्म पर्ने गरेको उपभोक्ताहरुको भनाई छ । नेपाली फूलले मात्रै बजारलाई नधान्ने देखिएको छ । विदेशी फूल आयातमा रोकले झनै कालोबजारी बढेको उपभोक्ताहरुले बताएका छन् । प्लाष्टिकको फूल रोकेकोमा भने उपभोक्ताहरुले स्वागत गरेका छन् । उनीहरुले बजार अनुगमनको पनि खाँचो औँल्याएका छन् ।

फूलैफूलको पर्व भनेर चिनिने तिहार पर्वको फूल किन्ने उपभोक्ताहरुको बजारमा घुँईचो लागेको छ । काठमाडौ महानगरपालिकाले तिहारको लागी फूल र माला बेच्नको लागी ३२ स्थान तोकिदिएको छ । सोमबार लक्ष्मीपुजा भएकोले पनि बजारमा फूल किन्नको लागी विशेष चहलपहल बढेको हो । तिहारमा नेपालीहरुले फूलले घर सजाउने गरेका छन् ।

सम्बन्धित समाचार

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...

कति छ विदेशी मुद्राको विनिमय दर?

कति छ विदेशी मुद्राको विनिमय दर?

काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...