समाचार

आज छैन तिहारको कुनै पर्व

काठमाडौँ। कार्तिक कृष्ण औँसी भए पनि मंगलबार तिहारका कुनै पनि पर्व परेको छैन।

सामान्यतया कार्तिक कृष्ण औँसीको रात्रिमा लक्ष्मीपूजा गर्ने परम्परा छ । तर औँसी तिथि दिउँसो नै लागेको भन्दै सोमबार राति ९साँझ० नै लक्ष्मीपूजा गर्न पञ्चाङ्ग निर्णायक समतिले निर्देश गरेको थियो। त्यसैले धेरैले मंगलबार बिहान कुकुरपूजा गरी राति लक्ष्मीपूजा गरे।

मूल वैदिक परम्पराका अनुयायीले भने तिथि नटुट्ने भन्दै मंगलबार नै लक्ष्मीपूजाको तयारी गरेका छन्। यस्तै काठमाडौँ उपत्यकाका नेवार समुदायमध्ये कतिपयले सूर्योदय हुँदाकै तिथिमा कर्म गर्ने भन्दै मंगलबार नै लक्ष्मीपूजा गर्ने भएका छन्।

यता भक्तपुर नगरपालिकाका नेवार समुदायले भने कार्तिक कृष्ण प्रतिपदामा गरिने कर्म म्हपूजा (आत्मपूजा) मंगलबार गर्दैछन्। समितिबाट सिफारिसप्राप्त पात्रोमा ४ गते मंगलबार २५ घडी ५३ पला अर्थात् अपराह्न ४ बजेर २९ मिनेटसम्म औँसी छ। त्यसपछि प्रतिपदा तिथि लाग्छ। बेलुकी नै गर्ने कर्म भएकाले म्हपूजा प्रतिपदामै मंगलबार गर्ने भक्तपुर नगरपालिकाले बताएको छ। तलेजुका पुजारी, ज्योतिषी र विज्ञको छलफलपछि नगरपालिकाले सोमबार लक्ष्मीपूजा, मंगलबार म्हपूजा र बुधबार किजा (भाइ) पूजा गर्ने निर्णय गरिएको थियो।

समितिले भने मंगलबार तिहारअन्तर्गतका कुनै पनि कर्म गर्न नसकिने बताएको छ। बुधबार नै गाईगोरुपूजासहित गोवर्धनपूजा गर्न निर्देश गरेको समितिका अध्यक्ष प्रा।शम्भुप्रसाद ढकालले बताउनुभयो। यस्तै नेपाल संवतको नयाँ वर्षसँगै म्हपूजा पनि बुधबार नै परेको उनले जानकारी दिनुभयो।

सम्बन्धित समाचार

तनहुँमा ट्याक्टर र माइक्रो बस दुर्घटनाः बालकको मृत्यु, १० जना घाइते

तनहुँमा ट्याक्टर र माइक्रो बस दुर्घटनाः बालकको मृत्यु, १० जना घाइते

तनहुँ। तनहुँका छुट्टाछुट्टै स्थानमा भएका दुई सवारी दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ भने १० जना घाइते भएका...

काठमाडौँमा सवारी दर्ता बिलबुक अनियमितता, १६ जना पक्राउ

काठमाडौँमा सवारी दर्ता बिलबुक अनियमितता, १६ जना पक्राउ

काठमाडौँ। काठमाडौँस्थित विभिन्न यातायात कार्यालयहरूमा सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरी सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्‍याउने र सेवा ग्राहीहरूलाई...

कस्तो रहला आजको मौसम?

कस्तो रहला आजको मौसम?

काठमाडौँ। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...

मुगुमा ४.० म्याग्निच्युडको भूकम्प

मुगुमा ४.० म्याग्निच्युडको भूकम्प

काठमाडौँ। मुगु जिल्लाको धैनाकोट आसपास केन्द्रविन्दु बनाएर बुधबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...