समाचार

विपिन जोशीको अन्त्येष्टि गरिँदै

काठमाडौँ। इजरायल-हमास युद्धका क्रममा मृत्य भएका कञ्चनपुरका विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ। जोशीको शव यात्रा बिहान ८ बजे महाकाली नदीको भुजेला घाटका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित निवासबाट सुरू हुनेछ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले राष्ट्रिय सम्मानसहित जोशीको धार्मिक परम्परागतअनुसार अन्त्येष्टि गर्न लागिएको जानकारी दिनुभयो। उहाँकाअनुसार विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गर्नेछ ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए ।

इजरायलबाट सोमबार मात्र जोशीको शव नेपाल पठाएको थियो । काठमाडौंबाट नेपाली सेनाले स्काई ट्रकमा ल्याएको शव धनगढी विमानस्थलमा सलामी अर्पण गरेर परिवारलाई बुझाएको थियो । विपिनको ल्याइएपछि नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बाससहितका तीन जना इजरायली प्रतिनिधिको टोली पनि कञ्चनपुर पुगेको छ ।

राजदूतसहितको इजरायली प्रतिनिधिले विपिन जोशीको घरमा पुगेर परिवारलाई बुझाएको हो।

सम्बन्धित समाचार

निर्वाचन भाँड्न खोज्ने १६० पक्राउ

निर्वाचन भाँड्न खोज्ने १६० पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले निर्वाचनलाई प्रभाव पार्ने कार्यमा संलग्न १६० जनालाई पक्राउ गरेको छ। प्रहरीले सूचना जारी गरी निर्वाचनलाई प्रभाव...

देवघाटमा देखियो घडियाल

देवघाटमा देखियो घडियाल

चितवन। गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ। केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि...

युट्युवर रतन कार्की प्रहरी नियन्त्रणमा

युट्युवर रतन कार्की प्रहरी नियन्त्रणमा

चितवन । टिकटकर तथा युट्युबर रतन कार्कीलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी...

मतदानको दिन वर्षा र हिमपातको सम्भावना छैनः मौसम विभाग

मतदानको दिन वर्षा र हिमपातको सम्भावना छैनः मौसम विभाग

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले मतदानको दिन देशभरको मौसम सफा रहने बताएको छ । न्युज एजेन्सी नेपालसँग कुरा...