समाचार

श्रीमतीको ढुङ्गा प्रहारबाट श्रीमानको मृत्यु

सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–६ पानीटंकीमा श्रीमतीको ढुङ्गा प्रहारबाट श्रीमानको मृत्यु भएको छ।

वर्ष ५५ को बुद्धसिं वाइबालाई घरायसी विवादका कारण श्रीमती वर्ष ४८ की राधिका वाइबाले गत कात्तिक १ गते ढुंगाले टाउकोमा प्रहार गरी घाइते बनाएकी थिइन्। उनको आज उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिनुभयो।

ढुंगाले टाउकोमा प्रहार गरी घाइते भएका बुद्धसिंको सिन्धुली अस्पताल तथा थप उपचारको लागि सोही दिन बाँसबारी न्युरो अस्पतालमा लगिएको थियो। अस्पतालबाट चिकित्सकले थप उपचार नहुने भनी उनलाई घर फिर्ता पठाएका थिए।

घर फिर्ता भएपछि यनको सिराहाको कर्जन्हा नगरपालिका–५ स्थित ससुरालीमा राखिएको थियो। श्रीमतीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पक्राउ गरेको छ।

सम्बन्धित समाचार

कार्की आयोग प्रतिवेदन- ६३ जनाको शव मध्ये ४८ जनाको गोली लागि मृत्यु पुष्टि

कार्की आयोग प्रतिवेदन- ६३ जनाको शव मध्ये ४८ जनाको गोली लागि मृत्यु पुष्टि

काठमाडौं। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको क्षति र सुरक्षा कमजोरीबारे जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की...

दार्चुला केन्द्रबिन्दु भएर भूकम्प

दार्चुला केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ। आज बिहान दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। बिहीबार बिहान ८ बजेर ३२ मिनेट जाँदा दार्चुलाको मुराइ आसपासको...

आज चैते दसैँ मनाइँदै

आज चैते दसैँ मनाइँदै

काठमाडौँ। प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैं पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा...

पश्चिमी वायुको प्रभावः पहाडी क्षेत्रमा वर्षा र हिमपात

पश्चिमी वायुको प्रभावः पहाडी क्षेत्रमा वर्षा र हिमपात

काठमाडौँ। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...