मुस्ताङ भन्सारको राजस्व तीन अर्ब नाघ्यो
मुस्ताङ। नेपाल–चीन सीमास्थित कोरला नाकामा रहेको मुस्ताङ भन्सार कार्यालयले रु तीन अर्ब एक करोड ४४ लाख ३६ हजार राजस्व सङ्कलन गरेको छ।
गत भदौ ३१ गतेबाट व्यापारिक मार्गका रूपमा पूर्ण रूपमा सञ्चालनमा आएको उक्त नाकाबाट मङ्गलबारसम्मको तथ्याङ्क अनुसार यो राजस्व संकलन भएको हो। मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काका अनुसार चीनबाट आयात–निर्यात गरिने सामान र विद्युतीय सवारी साधनहरूको जाँचपास सम्बन्धित व्यापारीका भन्सार एजेन्टमार्फत भइरहेको छ। हालसम्म ६६४ वटा मालवाहक कन्टेनरको जाँचपास सम्पन्न भइसकेको छ।
त्यसमध्ये ६५७ कन्टेनर चीनबाट आयात भएका छन् भने सात कन्टेनर नेपालतर्फबाट चीनतर्फ निर्यात भएका छन्।
कोरला नाकाबाट हाल आयात भएका सामानमध्ये दसैँ–तिहार लक्षित रेडिमेड लत्ताकपडा, कस्मेटिक र इलेक्ट्रोनिक वस्तु प्रमुख रहेका छन्।
नेपालतर्फबाट भने हस्तकला सामग्री र अन्य स्थानीय उत्पादन निर्यात भइरहेको भन्सार प्रमुख खड्काले जानकारी दिनुभयो।
यसैबीच, चीनबाट १,४९८ वटा विद्युतीय कारको भन्सार जाँचपास भई ती गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन्।
भन्सार विभागले तातोपानी र रसुवागढी नाका अवरुद्ध भएपछि कोरला नाकालाई वैकल्पिक व्यापारिक मार्गका रूपमा सञ्चालनमा ल्याएको हो। हाल मुस्ताङ भन्सार कार्यालयलाई अनलाइन ‘आशिकुडा प्रणाली’मा जोडिएको छ, जसले सम्पूर्ण भन्सार प्रक्रिया सहज बनाएको छ।
भन्सार विभागले कोरला नाकाबाट आयात–निर्यात हुने सामानका लागि भन्सार प्रतितपत्र (LC) खोल्ने अनुमति पनि प्रदान गरेको छ।
भन्सार प्रमुख खड्काका अनुसार, नाका पूर्ण रूपमा सञ्चालनमा आए पनि चिसो र उच्च भौगोलिक उचाइ (४,६१० मिटर)का कारण बाह्रै महिना व्यापार सञ्चालन गर्न चुनौतीपूर्ण बनेको छ। उहाँले भन्नुभयो, “यहाँको चिसोमा ढुवानीका सवारी साधनका इन्धन जम्ने र कहिलेकाहीँ गाडी धकेलेर तल झार्नुपर्ने अवस्था आउँछ।”
उहाँले नाकाको दीर्घकालीन सञ्चालनका लागि सडक सुधार र आवश्यक पूर्वाधार निर्माणको आवश्यकता रहेको पनि औँल्याउनुभयो।
यसअघि, २०८० कात्तिक २७ गतेदेखि कोरला नाका उपल्लो मुस्ताङका नागरिकका लागि घरायसी मालसामान किनमेलका लागि वर्षभर खुला गरिएको थियो। त्यसबेला चीनले तामझामका साथ नाका खुला गरेको घोषणा गरेको थियो। अहिले पनि मुस्ताङका नागरिकले जिल्ला प्रशासन कार्यालयबाट सीमापार पास लिएर चीन प्रवेश गर्न पाउने व्यवस्था यथावत् रहेको छ। रासस
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो
वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...
कति छ विदेशी मुद्राको विनिमय दर?
काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...
सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...




