जेनजी आन्दोलनका नाममा छानिछानी व्यक्तिका घर जलाउने र लुट्टे काम भयो : ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा छानिछानी व्यक्तिका घर जलाउने र लुट्टे काम भएको बताउनुभएको छ ।
जेनजी आन्दोलनका नाममा आगजनी र लुटपाट गरिएको बालकोट स्थित आफ्नो घरको अवलोकन गर्दै ओलीले एक/दुई जनाले उचाल्न समेत नसक्ने मूर्तिहरू समेत लुटेर लगिएको बताउनुभयो । आफ्नो घरमा थुप्रै उपहार प्राप्त चिजहरू रहेका र ती पनि चोरेर लगिएको उहाँले सुनाउनुभयो । ‘खास आपराधिक समूहले यस कुरामा उद्योग गरिरहेको थियो, सकेका थिएनन्, यो प्रयास धेरै अगाडिदेखि थियो’, उहाँले भन्नुभयो ।
एमालेको नेता कार्यकर्ताको घर देशैभरि जलाइएको बताउँदै ओलीले त्यसको लागि पहिलादेखि नै तयारी भएको बताउनुभयो । पहिला पनि सिंहदरबार र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जलाउन आह्वान गरिएको र यस पटक उनीहरूको योजना सफल भएको ओलीले बताउनुभयो । ‘यो नेपालका विरुद्ध भयानक षडयन्त्र थियो’, उहाँले भन्नुभयो ।
देशैभरि जेनजीका नाममा हत्या, हिंसा, ध्वंसात्मक क्रियाकलाप भएका उहाँले सुनाउनुभयो । शान्ति क्षेत्र भनिएका विद्यार्थीलाई समेत आन्दोलनमा खुलेआम दुरुपयोग गरिएको ओलीले बताउनुभयो ।
लुटपाट गर्नेहरू विदेशबाट आएका नभई देशकै भएका ओलीले बताउनुभयो । उनीहरू मध्ये कतिपयको पहिचान भइसकेको र पहिचान हुने क्रम समेत जारी रहेको भए पनि उनीहरूलाई कारबाही गर्न सरकार तयार नरहेको ओलीको भनाइ छ ।
गृह मन्त्रीको मनसाय र गन्तव्य उहाँको सार्वजनिक मन्तव्यले देखाएको ओलीले बताउनुभयो । लुटपाट, आगजनी र त्यसको पक्षमा उहाँहरूको मनोभाव देखिन्छ, जसको क्षति भएको छ, जसलाई मार्का परेको छ, सरकार उसैको दुश्मन बनेको छ, त्यस माथि म माथि अझ धेरै दुस्मनी साँध्दै छ, मलाई गम्भीर आशङ्का छ–सरकार माथि’, उहाँले भन्नुभयो ।
उहाँले देशमा एमाले भएको बताउँदै अपराध गर्नेलाई एमालेले नछाड्ने बताउनुभयो । भ्रष्टाचार, अनियमितता र कानुनविहीनता एमालेले रोकेरै छाड्ने ओलीले स्पष्ट पार्नुभयो ।
उहाँले जसले ध्वंस मच्चाएको छ, जसले घरका सामान लुटिएका छन् उनीहरूलाई कारबाही हुनु पर्ने र पीडितले न्याय पाउनु पर्ने बताउनुभयो । यसको लागि पीडित कानुनी उपचारमा पनि जाने उहाँले स्पष्ट पार्नुभयो ।
ताजा अपडेट
-
१.
जेनजी प्रतिवेदनप्रति कांग्रेसको टिप्पणी : अपूरो र अधुरो
-
२.
अब संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्री
-
३.
कार्की आयोग प्रतिवेदन- ६३ जनाको शव मध्ये ४८ जनाको गोली लागि मृत्यु पुष्टि
-
४.
ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय
-
५.
जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौँ : सुहाङ नेम्वाङ
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
४.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
सम्बन्धित समाचार
जेनजी प्रतिवेदनप्रति कांग्रेसको टिप्पणी : अपूरो र अधुरो
काठमाडौं। नेपाली कांग्रेसले जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरो रहेको जनाएको छ।...
अब संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्री
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलको नेता बनाउने निर्णय गरेको छ...
ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय
ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गते...
जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौँ : सुहाङ नेम्वाङ
काठमाडौँ। नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले देश र जनताको हितमा हुने सबै निर्णयमा अब बन्ने सरकारलाई पार्टीले पूर्णरुपमा समर्थन...




