कांग्रेस-एमालेलाई बालेनको प्रश्न : चियाको टाइममा रगत पिएर अरुलाई लुसिफर भन्छौ?
काठमाडौं। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले शीर्ष पार्टीका नेताहरूप्रति आक्रोश पोख्नुभएको छ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जेनजी आन्दोलनमा आफूमाथि विभिन्न आरोप लागेपछि उनले त्यसमाथि आक्रोश पोख्नुभएको हो।
उहाँले तुइन र काठको पुल बनाउने नेताहरूले देश विदेशीले बिगारेको भनेको भन्दै व्यंग्य पनि गर्नुभएको छ। उहाँले भिसा पाउन नेताहरूकोमा धाउनुपर्ने भन्दै भन्नुभयो’तुइन र काठको पूल बनाउने नेताहरू भन्छन्- यो देश विदेशीले बिगार्यो। भिसा पाउनलाई तिमीहरूको घर धाउनु पर्छ। अरुलाई एजेन्ट भन्छौ?’
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा भएको आगोलागी र तोडफोडमा कांग्रेस, एमालेका कार्यकर्ता नै सक्रिय भएको भन्दै उनले दोष बालबच्चालाई दिएको भन्दै आपत्ति जनाउनुभयो।
‘आन्दोलनमा पुरै देश एमालेले काङ्रेसको जलाउँछ। काङ्रेसले एमालेको जलाउँछ। दोष आफ्नो बाल बच्चालाई दिन्छौ?,’ उहाँले भन्नुभयो, ‘चियाको टाइममा रगत पिएर अरुलाई लुसिफर भन्छौ? लाज लाग्दैन?´
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रवि चुडाल नियन्त्रणमा
काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...
निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?
काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...
धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्च अदालतले आदेश दिएको...
एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन
काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...




