खेलकुद

बंगलादेशसँग नेपालको हार

काठमाडौं । बंगलादेशको ढाकामा भइरहेको काभा कप पुरुष भलिबल (काभा कप फर मेन) को आफ्नो दोस्रो खेलमा घरेलु टोलीसँग पराजित भएको छ ।

ढाकास्थित इन्डोर हलमा बिहीबार भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा नेपाल बंगलादेशसँग ३-२ को सेटमा पराजित भयो ।

सुरुवाती तीन सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो । जहाँ घरेलु टोली बंगलादेशले पहिलो सेट २५-२३ र दोस्रो सेट २५-२० ले आफ्नो पक्षमा पार्दै २-० को अग्रता बनाएको थियो । तर नेपाल खेलमा फर्कियो । प्रतिस्पर्धात्मक तेस्रो सेट नेपाल २५-२३ ले आफ्नो पक्षमा पार्दै पुनरागमन गरेको थियो । नेपालले चौथो सेट २५-१६ ले सहजै आफ्नो पक्षमा पार्दै खेल पाँचौ सेटसम्म पुर्‍यायो ।

पाँचौ तथा निर्णायक सेटमा बंगलादेशले सुरुवात देखि नै अग्रता बनाएको थियो। नेपालले पुनरागमन गर्दै अन्त्यतिर अग्रता पनि बनाएको थियो। १४-१३ को अवस्थामा नेपाल सेट प्वाइन्ट नजिक थियो। तर एक अंक जोड्न सकेन । बंगलादेशले लगातार तीन अंक जोडेर टाईब्रेकमा पाँचौ सेट १६-१४ ले आफ्नो पक्षमा पार्दै खेल जित्यो।

 

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...