खेलकुद

एनपीएल सिजन १ मा धमाका मच्चाएका बासिस्टो फेरि कर्णाली याक्समा

काठमाडौं। कर्णाली याक्स स्पोर्टस् प्रालिले अस्ट्रेलियाका अलराउन्डर विलियम बोसिस्टोलाई अनुबन्ध गरेको छ । कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले मंसिरमा हुने दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)का लागि अस्ट्रेलिया यू–१९ टिमका खेलाडी बोसिस्टोलाई अनुबन्ध गरेको जानकारी गराए ।

बोसिस्टो कर्णाली याक्समा अनुबन्ध हुने दोस्रो विदेशी खेलाडी हुन् । यसअघि टोलीले स्कटल्यान्डका स्पिनर मार्क रोबर्ट जेम्स वाटलाई अनुबन्ध गरेको थियो । कर्णाली याक्स स्पोर्टस् प्रालिका निर्देशक गृहेन्द्र घिमिरेले बोसिस्टोको पहिलो संस्करणको अनुभवले दोस्रो संस्करणमा फाइदा पुग्ने बताउनुभएको छ।

‘पहिलो संस्करणमा सोचेको जस्तो प्रदर्शन भएपछि दुवै पक्षबिच दोस्रो संस्करणमा पनि निरन्तरता दिन सहमति भयो,’ निर्देशक घिमिरेले भन्नुभयो ‘दोस्रो संस्करण झनै राम्रो हुने विश्वास लिएका छौँ।’ बासिस्टोले एनपीएल सिजन १ मा धमाका मच्चाएका थिए।उनले एकै खेलमा ६ विकेटसम्म लिएका थिए।

बोसिस्टो लगातार दोस्रोपटक कर्णाली याक्सबाट खेल्दै छन् । पहिलो संस्करणको उनको प्रदर्शन प्रभावशाली रहेको थियो । ३२ वर्षीय खेलाडीले सात खेलमा दुई अर्धशतकसहित १९४ रन बनाएका थिए । त्यस्तै, नाै विकेट हात पारेका हुन् । बासिस्टो सन् २०१२ मा भएको यू–१९ विश्वकप क्रिकेटमा उपविजेता हुँदा अस्ट्रेलियन टिमको कप्तान थिए । उनी प्लेयर अफ दि टुर्नामेन्ट हुँदा ६ खेलमा २७६ रन बनाएका थिए।

निर्देशक घिमिरेले अन्य विदेशी खेलाडी पनि चाँडै सार्वजनिक गरिने जानकारी गराउनुभएको छ। यससँगै दोस्रो संस्करणका लागि कर्णाली याक्सले आफ्नो तयारी तीव्र बनाएको छ । कर्णालीले ट्यालेन्ट हन्ट ५ नोभेम्बरमा गर्दै छ।

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...