नेपालगन्ज नाकाबाट जडीबुटी निर्यात ११८ प्रतिशतले बढ्यो
नेपालगन्ज। जडिबुटी निर्यातका लागि प्रमुख नाकाको रुपमा परिचित नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षको सुरुको तीन महिनामै ११८ प्रतिशतले वृद्धि भएकोे छ ।
आर्थिक वर्ष २०८२/०८३ को साउन, भदौ र असोज महिनामा मात्रै यो नाकाबाट जडिबुटी निर्यात ११८ तिशतले वृद्धि भई यस वर्ष जडिबुटीको निर्यात धेरै राम्रो हुने सङ्केत गरेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।
तीन महिनामा मात्रै पाँच लाख किलोभन्दा बढि जडिबुटी निर्यात भएपछि यस क्षेत्रका व्यवसायीहरु उत्साहित भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले बताउनुभयो ।
उहाँले चालु आर्थिक वर्षको तीन महिनामा १५ करोड २२ लाख ४० हजार रुपियाँको पाँच लाख १२ हजार ९६७ किलो जडिबुटी निर्यात भएको जनाउँदै गत आवको सोही अवधीमा छ करोड ९९ लाख ४४ हजार रुपियाँको तीन लाख ५९ हजार ६६० किलो जडिबुटी निर्यात भएको बताउनुभयो ।
नेपालगन्ज भन्सार कार्यालयका अनुसार चालु आवको शुरुमै जडिबुटीसँगै खयर कत्था, एसेन्सियल आयल, अदुवा सुठो, खयर कच्छ, पिना र टायलको पनि निर्यात उल्लेख्य परिमाणमा वृद्धि भएको छ ।
चालु आर्थिक वर्षको सुरुवातमै जडिबुटी निर्यातमा देखिएको उत्साहजनक वृद्धिले यस क्षेत्रका व्यवसायी, किसान र सङ्कलक सबै उत्साहित बनेको नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष टंकप्रसाद शर्माले बताउनुभयो ।
उहाँका अनुसार विगत केही वर्षमा विभिन्न कारणले घट्दै गएको जडिबुटीको निर्यात यस वर्षबाट राम्रो तरिकाले वृद्धि हुन थालेपछि यसबाट देशको आर्थिक अवस्थामा समेत सुधार हुने बताउनुभयो ।
जडिबटी र जडिबुटीसँग सम्बन्धित अन्य वस्तुहरुको निर्यात राम्रो हुन थालेपछि पश्चिम नेपालका जडिबुटी उत्पादन गर्ने किसान र निर्यात गर्ने व्यवसायी दुबैलाई ठुलो राहात महसुस भएको नेपाल जडिबुटी व्यवसायी संघका पूर्व अध्यक्ष तथा व्यवसायी मोहम्मद याकुब अन्सारीले बताउनुभयो ।
उहाँले आर्थिक वर्षको सुरुमै भारत लगायतका देशहरुबाट जडिबुटी लगायतको माग बढ्दै गएको देखिएकाले अझै निर्यात वृद्धि हुँदै जाने अनुमान गरिएको बताउनुभयो
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो
वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...
कति छ विदेशी मुद्राको विनिमय दर?
काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...
सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...




