खेलकुद

इरानसँग हार्यो नेपाली महिला टोली

काठमाडौं। नेपाल त्रिकोणात्मक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा आज इरानसँग ३-० ले पराजित भएको छ।

भारतको सिलोङमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपनि दोस्रो हाफको सुरुवात मै नेपाल सम्हालिन सकेन । ८ मिनेट भित्र नेपालले ३ गोलको सामना गरेको थियो।

४९ औं मिनेटमा विमला विकलाई विट गर्दै इरानले गोलको खाता खोल्यो ‌। ५२ औं मिनेटमा फ्रिकिकमा इरानले गोल अन्तर दोब्बर पार्यो । ५७ औं मिनेटमा टाढैबाट गोल गर्दै इरानले ३-० को अन्तर बनायो ।

त्यसपछि एन्जिला तुम्बापो सुब्बाको सट्टा अन्जना राना मगरले पोष्ट सम्हालेकी थिइन्। प्रीति राई, कप्तान सावित्रा भण्डारी ‘साम्बा’ र रश्मिकुमारी घिसिङले गोल फर्काउन गरेको प्रयास सफल भएन ।

पहिलो हाफमा रेखा पौडेल र ‘साम्बा’ले समान १ मौका गुमाउँदा नेपालले अग्रता लिन सकेन। रेखाले ३० औं मिनेटमा गरेको प्रहार बाहिरियो भने पहिलो हाफको अन्त्यतिर साम्बा को प्रहारले पोष्टको दिशा लिन सकेन ।

१३ औं मिनेटमा इरानको खेलाडीको प्रहारलाई गोलकिपर एन्जिला तुम्बापो सुब्बाले रोकिन्। प्रतियोगिताको पहिलो खेलमा इरानले भारतलाई २-० ले हराएको थियो। इरानले लगातार दुई जितका साथ त्रिकोणात्मक सिरिज जितेको छ।

नेपाल र इरान ७ वर्षपछि एकअर्काको सामना गरेका हुन्। त्यतिबेला भारतमै भएको हिरो गोल्ड कपमा नेपालले इरानलाई ३-० ले हराएको थियो। साम्बाको २ र अनिताको १ गोलमा नेपाल विजयी भएको थियो।

प्रतियोगितामा नेपालले दोस्रो खेल मंगलवार भारतसँग खेल्नेछ। यी दुई खेल फिफा विन्डोको खेल हुन् । यो प्रतियोगितापछि कात्तिक १३ गते नेपाल र भारतबीच अर्को मैत्रीपूर्ण खेल हुनेछ।

आजको खेलमार्फत हिरा कुमारी भुजेल र दिपा शाहीलेले अन्तर्राष्ट्रिय फुटबल पुनरागमन गरेका छन्। हिरा पहिलो रोजाइमा खेलिन् । दोस्रो हाफमा हिराको ठाउँमा दिपा मैदान प्रवेश गरिन्। हिरा र दिपा दुबै साफ च्याम्पियनसिपमा चोटग्रस्त भएपछि मैदान बाहिर थिए।

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...