राजनीति

प्रधानमन्त्रीको सुरक्षाका विषयमा चासो, ४ सुरक्षा प्रमुखसँग छलफल

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सुरक्षा निकायका प्रमुखहरुसँग सामुहिक छलफल गर्नुभएको छ । विभिन्न राजनीतिक दलहरुले सडक प्रदर्शन गर्ने तयारी गरिरहेका बेला प्रधानमन्त्री कार्कीले गृहमन्त्री ओमप्रकाश अर्यालसहित चार वटै सुरक्षा निकायका प्रमुखसँग शनिवार बालुवाटारमा छलफल गर्नुभएको हो। मुलुकमा सुरक्षा अवस्थाको सुक्ष्म विश्लेषण गरी निर्वाचनको वातावरण बनाउने विषयमा छलफल केन्द्रित रहेको गृहमन्त्री अर्यालले जानकारी दिनुभयो ।

उहाँले सडक प्रदर्शनको तयारी गरिरहेका राजनीतिक दलहरुलाई सुरक्षा जोखिमलाई ध्यानमा राखेर प्रदर्शनमा नजान र संवादमार्फत आफ्ना कुराहरु राख्न पनि आग्रह गरिएको बताउनु भयो । सरकारले संवादमार्फत राजनीतिक दलहरुको मागको सुनुवाई गर्ने भएकाले सडक प्रर्दशन आवश्यक नभएको पनि गृहमन्त्री अर्यालले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘खास गरेर यो सुरक्षा अवस्थाको सुक्ष्म विश्लेषण हो अहिले । स्थिति सामान्यीकरण गर्ने र अरु बाँकी चुनावको वातावरण बनाउनका लागि चाहिने शान्ति सुरक्षाको प्रत्याभुति दिने कुरामा नै केन्द्रित छौ । आज विषयवस्तुको सुक्ष्म विश्लेषण भयो । र खास गरेर सडक प्रर्दशनसँग सम्बन्धित विषयवस्तुहरु र त्यसले निम्त्याउने सुरक्षा जोखिमका बारेमा हामीले गहन छलफल गरेका छौं । जसका पनि राजनीतिक मागहरु छन भने सरकारले सम्वादको माध्यमबाट ती कुराहरु सुनिदिन्छ । अब सम्वादका इन्गेज हुनुप¥यो सबै । किनभने अब सडकमा जाने पनि सरकारलाई सम्वादको लागि अपिल गरेको हो । अव सडकमा नगई पनि संवाद हुन्छ भने संवादमा नै आउनुपर्छ । सडकमा जान जरुरी छैन । अब सडकमा जानुपर्ने परिस्थिति हुन्छ भने पनि त्यो लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरुको अधिकारमा हनन हुनुपनि भएन । सार्वजनिक सम्पतीमा क्षति पु¥याउनु पनि भएन । निजी सम्पतीमा क्षति पु¥याउनु पनि भएन । कहीँकतै हिंसा हुनै भएन । अहिंसात्मक तरिकाले गर्नुपर्दछ । यो कुराको सम्झदारी हामी विभन्नि राजनीतिक दलहरु जो आन्दोलनकारी हुनुहुन्छ । उहाँहरुसँग सरकारले यो अनुरोध गरिरहन्छ । सरकार यो नीतिअनुसार चल्छ तत्काललाई । जो राजनीतिक शक्ति छन् । त्यो शक्ति भनेको धेरै जिम्मेवार शक्ति हो । भविष्यमा देश चलाउने हो भनेर जसले भन्नुहुन्छ । त्यो भनेको राजनीतिक कुरा हो । राजनीतिक कुरा भएपछि राजनीतिक व्यवहार पनि हुनुप¥यो । राजनीतिक संस्कार पनि हुनुप¥यो । त्यसको वोध पनि गराउनु प¥यो । सरकार एउटा अभिभावक पनि हो । सरकारले त्यो कुराको वोध गराउँछ । त्यसका लागि हामी सम्वादमा नै जोड दिन्छौ ।’

सरकारले मुलुकका सुरक्षा अवस्थामा जोखिम निम्तिने अवस्था विद्यमान रहेको उल्लेख गर्दै सडक प्रदर्शनमा नजान सबै राजनीतिक शक्तिहरुलाई आग्रह गर्दै आएको छ । मुलुकको सुरक्षा अवस्थालाई सामान्य बनाउन आफूहरु सुरक्षा निकायसँग निरन्तर छलफलमा रहेको पनि गृहमन्त्री अर्यालले बताउनु भयो ।

सम्बन्धित समाचार

रवि चुडाल नियन्त्रणमा

काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

काठमाडौँ।  निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...

धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश

धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्च अदालतले आदेश दिएको...

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...